काठमाडौ,१८ पुस । शुक्रबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ। महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षारहिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ । केही […]
मुख्य समाचार
स्कूल बन्यो अब पढाइ बनाउनुस्– पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा […]
कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु
बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए । जिप हिमाली […]
प्रधानमन्त्रीद्वारा सन् २०२० को शुभकामना व्यक्त
काठमाडौं १६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा ओलीले २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष पनि भएको बताएका छन्। सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी गरेका छन्। सन्देशमा ओलीले भनेका छन् ‘यसै वर्ष अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं […]
भ्रमण वर्षको अवसरमा मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्षको अवसरमा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन अगावै आज बुधबार बिहानै मोदीलाई फोन गरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् । फोन संवादमा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान […]
उम्मेदवार छनोट गर्न नेकपाले बोलायो बैठक
काठमाडौँ, १६ पुस। सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा० ले सचिवालय बैठक बोलाएको छ । बैठक पुस १७ गते ४ बजे बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । महासचिव पौडेलका अनुसार भोलिको बैठकमा विशेषगरी आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारबारे […]
भ्रमण वर्ष २०२० तामझामका साथ चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित बुधबारबाट सुरु
काठमाडौं, १६ पुस । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । […]
सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो: मन्त्री बाँस्कोटा
काठमाडौँ, १५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन् । मंगलबार प्रेस संगठन नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कालापानी र लिपुलेक नेपालकै भएको बताएका हुन् । ‘कालापानी र लिपुलेक नेपालकै हो यो प्रश्न नै होईन, ‘मन्त्री बाँस्कोटाले भने, ‘बरु लिम्पियाधुराको कुरा दोस्रो विषय […]
सरकारले भाडामा बस्नेहरुको अभिलेख राख्ने
काठमाडौँ, १५ पुस । सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ । गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र सुरक्षा निकायका प्रमुखहरुको बैठकले भाडामा बस्ने व्यक्तिहरुबाट आपराधिक गतिविधि हुने गरेको भन्दै उनीहरुको अभिलेख राख्ने […]
बौद्धका डिएसपीलाई अख्तियारको पुर्जी
काठमाडौं, १५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछ गर्न महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुरलाई सिंहलाई पुर्जी (पत्र) काटेको छ । महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो । सिंह यसअघि घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ […]











