बौद्धका डिएसपीलाई अख्तियारको पुर्जी

काठमाडौं, १५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछ गर्न महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुरलाई सिंहलाई पुर्जी (पत्र) काटेको छ ।

महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो । सिंह यसअघि घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।

Loading...