काठमाडौँ, १४ कात्तिक । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा समसायिक […]
मुख्य समाचार
महरामाथि प्रहरीका आरोपै आरोप, अनुसन्धानबाट भेटायो यस्तासम्म कुरा
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अनुसन्धानका लागि म्याद थप गराउँदै आएको प्रहरीले बिहीबार अनुसन्धानको पूरा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीको प्रतिवेदन पाएपछि सरकारी वकिलको कार्यालयले बिहीबार नै महराविरुद्ध कडा सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । प्रहरीले महराका विरुद्ध तयार पारेको […]
गौर घटना उचाले प्रधानमन्त्री केपी ओली पनि जेल जाने
काठमाडौं । प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले गौर घटनालाई उचाल्ने काम गरे सप्तरीको मलेठ घटनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल र लालबाबु पण्डित पनि जेल जाने बताएका छन्। सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादवले मलेठ घटनामा प्रधानमन्त्री ओली, नेता नेपाल र पण्डित दोषी रहेको भन्दै […]
‘आत्मनिर्णयको अधिकार कार्यान्वयन होस्’
काठमाडौँ, १४ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन । यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उनले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य भएको बताए । उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावानुसार […]
साझा पार्टीले तोक्यो उम्मेदवार
भक्तपुर, १४ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ क बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ क को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज […]
जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली
निजगढ, १४ कात्तिक । बारा जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरीका ४६ युनिट छ । एक जिल्ला प्रहरी कार्यलय, १२ इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, १३ अस्थायी प्रहरी पोष्ट र अस्थायी सुरक्षा बेस क्याम्प, प्रमुख जिल्ला अधिकारी गार्ड, जिल्ला अस्पताल सुरक्षा गार्ड, सीमा सुरक्षा चौकी र विमानस्थल सुरक्षा गरी ४६ प्रहरी युनिट छ । अहिले […]
कपिलवस्तुमा प्रहरीले सर्वसाधारणमाथि चलायो गोलीको बर्षा, एक जनाको मृत्यु
कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । कृष्णनगरमा बढेको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुरज कुमार पाण्डे नाम गरेका एक व्यक्तिको मृत्यु भएको हो । जिल्लाको कृष्णनगरमा लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन […]
जिप दुर्घटना हुँदा २३ घाइते
धादिङ, १४ कात्तिक । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ । कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका […]
गुडिरहेको रेलमा अचानक आगलागी हुँदा ६० को मृत्यु, ठूलो संख्यामा घाइते
एजेन्सी । कराँचीबाट लाहोर गइरहेको रेलमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य ३० यात्रु घाइते भएका छन् । स्थानीय समाचार माध्यमले जनाएअनुसार तेजगाम एक्स्प्रेसको रेलमा आगलागी भएको हो। केही यात्रुले खाजा बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको रेल्वे अफिसले जनाएको छ। रेलका ३ डब्बा जलेका छन्। […]
फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता
जाजरकोट, १४ कात्तिक । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्दछन। तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनि दैनिक कोठाना जाने गरेको बताउछन । उनि भन्छन, “मजस्तै यहाँका सबै […]










