नेपाल–युएई संयुक्त कार्यसमूह बैठक: समझदारी कार्यान्वयनमा मार्गप्रशस्त हुने

काठमाडौँ, १५ कात्तिक । नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० बीच भएको श्रम समझदारी एमओयु को कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह जेडब्लुसी को पहिलो बैठक यही कात्तिक १७ र १८ गते काठमाडौँमा बस्ने भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत […]

वडा कार्यालयबाट लुटिएको महत्वपूर्ण सामग्री गायब

काभ्रेपलाञ्चोक, १५ कात्तिक । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउरालीचोकमा नियन्त्रणमा लिएको थियो ।  वडा कार्यालयबाट सामग्री लुटेर चार वटा गाडीमा हालेको तर ल्यापटप कम्प्युटरलगायत महत्वपूर्ण कागजात भने निजी कारमा अर्कै बाटो लगेकाले प्रहरीले फर्काउन सकेको […]

पहिलो पटक पशुपतीदेखि फोक्सुन्डोमा बुलेट राईड

   काठमाडौं, १५ कार्तिक । बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौको पशुपतीदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डोसम्म बुलेट मोटरबाईक यात्रा गरिएको छ । कर्णालीको पर्यटन प्रवद्र्धन र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका हुन । काठमाडौबाट डोल्पाको दुनैसम्म बुलेट –याली पुग्ने भएको हो । […]

आरोहणको सातदशकपछि प्रविधियुक्त उद्धार केन्द्र

पोखरा, १५ कात्तिक । आरोहणको दृष्टिले जेठो अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना गरिएको छ । अन्नपूर्ण आधार शिविर जाने सबैभन्दा पछिल्लो मुख्य प्रवेशद्वार माछापुच्छ«े आधार शिविरमा कोरियन टेलिकमको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको यस पदयात्रा मार्गमा हुने समस्यालाई दृष्टिगत गरी उद्धार केन्द्र सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिका […]

‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

काठमाडौँ, १५ कात्तिक । सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर ठूलो क्षमताको छपाइ उपकरण सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।  अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा […]

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १५ कात्तिक । आउँदो ‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास होमस्टे ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् । होमस्टे एशोसिएसन नेपाल होसानले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि […]

अत्याधुनिक पेस्तोलसहित छ पक्राउ

राँझा, १५ कात्तिक । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गए राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दलका नेपालगञ्ज […]

म्याग्दी र बागलुङ लगाएत अन्य जिल्लामा एकाबिहानै भूकम्पको धक्का

गलेश्वर, १५ कात्तिक । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको […]

उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुने

बैतडी, १५ कात्तिक । आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता […]

ओली सरकारले मन्त्री र सांसदहरुलाई छुट्टै चाडपर्व खर्च दिने गोप्य निर्णय गरी करोडौ पार्यो झ्वाम

काठमाडाैं । संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरूलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौ ३१ मा बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको […]