नेकपा केन्द्रीय कमिटी बैठक तीन साता पछि सर्‍यो

काठमाडौं, २० पुस । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक माघ १५ गतेबाट बस्ने गरी मिति परिवर्तन भएको हो ।आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो ।

यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौंमा बस्ने निर्णय गरेको थियो । आजै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ । यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदैछ ।

Loading...