काठमाडौं, २० पुस । कृषि विकास बैङ्कको क्रिडेन्सियल ह्याकिङ गरी एक करोड रकमसहित फरार रहेका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
मोरङ्गको रङ्गेली नगरपालिका–२ बस्ने दीपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट पाँच अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए । सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए ।