कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् ।

प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए ।

जिप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउँदै गरेको बुझिएको छ । जिपमा कति यात्रु थिए भन्ने जानकारी प्राप्त भइसकेको छैन । भेटिएको शवको सनाखत भएको छैन । घटनास्थलमा प्रहरी स्थानीय पुगेर उद्धार कार्य भइरहेको छ ।

५ सयमिटर माथिबाट जिप नदिमा खसेको हो । घटना भएको आधा घण्टाको दुरीमा पिलिचौर इलाका प्रहरी कार्यलय रहेको छ ।

Loading...