काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाका २१ संक्रमित कोरोना जितेर घर फर्किएका छन् । नारायणी अस्थायी कोभिड अस्पतालबाट गएराती साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा ४ […]
मुख्य समाचार
स्थानीय युवाको सक्रियतामा साढे पाँच किलोमिटर राजकुलो सफा गरियो
ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँबाट वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सफा गर्ने काम साढे पाँच किलोमिटर सकिएको छ । राजकुलोबाट पानी सञ्चालन गराउन यही जेठ २ गतेदेखि वडा नं १२ स्थित भली पुचका युवाहरूको सक्रिय सहभागितामा उक्त काम अघि बढेको हो । राजकुलोको पानी टीकाभैरवबाट थेचोको सिमानासम्म ल्याउन साढे सात किलोमिटर सफा गर्नुपर्छ […]
कञ्चनपुरको क्वारेन्टाइनमा खटेका वडाअध्यक्षको मृत्यु
कञ्चनपुर, १४ जेठ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । उनी कञ्चनपुरकाे एक क्वारेन्टाइनस्थल व्यवस्थापन कार्यमा जुटेका थिए । वडाअध्यक्ष राना आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । साेही क्रममा उनी क्वारेन्टाइनस्थलमै एक्कासी बेहोस भएका थिए । उनलाइ तत्कालै सेती प्रादेशिक […]
२४ घन्टामा ९० जनामा देखियो कोरोना, संक्रमितको संख्या पुग्यो ७७२
काठमाडौं, १३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ७७२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि याे संख्या बढेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको बताएका छन् । महोत्तरीको मनरा गाउँपालिका–१० का […]
क्वारेन्टाइनस्थलमा पुगेका डाक्टरहरुबीच एकाएक कुटाकुट
काठमाडौं, १३ जेठ । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर दुइ डाक्टरहरुबीच विवाद भएकाे र विवाद बढ्दै गएपछि दुबैले अाअाफ्ना समूह बनाएर कुटाकुटमा उत्रेकाे बुझिएकाे […]
आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै शिक्षकहरुले पठाए ७७ जिल्लाकै सांसदलाई पत्र
काठमाडौं । शिक्षकहरुले ७७ वटै जिल्लाका सांसदहरुलाई आफ्ना माग समेटेर पत्र पठाएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुरु गरेको डिजिटल आन्दोलन अन्तर्गत ७७ जिल्लकै शिक्षकहरुले मंगलवार आ–आफ्ना क्षेत्रका सांसदहरुलाई पत्रलेखेका हुन् । संसदमा वजेट भाषण र त्यसमाथिको छलफलको पूर्व सन्ध्यामा शिक्षकहरुले आ–आफ्ना क्षेत्रका सांसदहरुलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ– भोकोपेटले गुणस्तरीय शिक्षा […]
भक्तपुरमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु
भक्तपुर । भक्तपुरको नयाँठिमी चोकमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु भएको छ । सोमबार राती साढे ९ बजे काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेका दुई टिफरहरु एकआपसमा ठक्कर खाँदा महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रनानि निम बहादुर घर्तीको मृत्यु भएको हो । मध्यपुर ठिमी नपा ४ नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुर आउँदै गरेको बा ४ […]
हेर्नुहोस् प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ । उहाँहरूसहित […]
विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकालाई रोजगारीको अवसर उपलब्ध गराइने छ– प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराइने बताएका छन् । मुलुकमा विद्यमान र यस्ता विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर उनीहरुलाई उपलब्ध गराउने उनले बताए । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा […]
विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले समयमै उद्दार गर्छ – प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने स्पष्ट पारेका छन् । सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गर्ने उनले बताए । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने […]









