काठमाडौंमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्यो, थपिए ८८५ संक्रमित

काठमाडौं, १० भदाै । राजधानी उपत्यकामा काेराेना संक्रमणले भयावह रुप लिएकाे छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकाेमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका २४ जना संक्रमित भेटिएका छन् । बुधवार थपिएकाे संख्यासँगै काठमाडाै जिल्लामा मात्र कूल संक्रमितको संख्या ३१८१ पुगेको छ । त्यस्तै ललितपुरमा कूल संक्रमितको संख्या ५१० पुगेकाे छ भने भक्तपुरमा ३२४ पुगेको छ ।

यसैगरी बुधवार देशभर ८५५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०/२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७/७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २/२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Loading...