अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौँ, ११ भदौ । चौधरी ग्रुपका मालिक तथा नेपालका अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली कांग्रेसका तर्फबाट सांसद समेत रहेका चौधरीले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् ।

आफ्नो ट्वीटमा चौधरीले आज बिहान आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। साथै उनले आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा आइसोलेशनमा बसेको जानकारी पनि दिएका छन् । साथै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तित्वहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

Loading...