कर्फ्यूले घटेन काठमाडौ उपत्यकामा कोरोना संक्रमण, फेरि थपिए ९२७ कोरोना संक्रमित

काठमाडौं, १२ भदौ । एक हप्ते कर्फ्यू सकिएर अर्को हप्ताको कर्फ्यूमा अघि बढिरहेको काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण भने अझै बढिरहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ४१५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी हो । मन्त्रालयले काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएको जनाएको छ । त्यसैगरी भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयले देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो समय गरिएका १० हजार २२९ वटा स्वाब परीक्षण मध्ये ९२७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

Loading...