ग्याङ फाइटमा खुकुरी र बन्चरो प्रहार हुँदा १ को मृत्यु चार गम्भीर घाइते

विराटनगर, १२ भदौ । माेरङकाे बेलवारीमा ग्याङ फाइटमा खुकुरी र बन्चराे प्रहारबाट एक जनाएकाे मृत्यु भएकाे छ भने चार जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुइ समूहबीच अघिल्लाे दिनकाे भनाभनलाइ लिएर एक समूहले खुकुरी र बन्चराे प्रहार गरी अर्काे समूहलाइ क्षतविक्षत बनाएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा स्थानीय ४० वर्षका चन्द्रकुमार राईको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार दिउँसो बजे मृत्यु भएको हो । घटनामा घाइते ४२ वर्षीय सइकुमार राई, ३२ वर्षका समुन्द्र राई १६ वर्षका गौरव राई गम्भीर घाइते भएका छन । उनीहरुकाे पनि विराट मेडिकल कलेजमै उपचार भइरहेको छ ।

याे घटना शुक्रबार दिउँसो भएकाे हाे । दिउसाे साेही ठाउँका ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूहले चन्द्रकुमारमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीहरुबीच बिहीबार भनाभनको भएकाे र साेही निहुँमा आज आक्रमण भएकाे प्रहरीले अध्ययनबाट पत्ता लगाएकाे छ ।

चौधरीको समूहले सुरुमै चन्द्र राइकाे समूहमाथि खुकुरी र बञ्चरो लगायतका हतियारले प्रहार गरेकाे बताइएकाे छ । त्यसपछि अर्काे समूहले पनि आक्रमण गरेकाे थियाे । त्यसपछि केहीबेर त्यहाँ दोहोरो झडप भएको थियाे ।

कुटपिट गर्ने समूहका जितेन चौधरी पनि घाइते भएका छन् । उनकाे विराट नर्सिङहोममा उपचार भइरहेकाे बताइएको छ । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई भने फरार भएका छन् ।

Loading...