६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं, १२ भदौ । काेराेनाकाे संक्रमणबाट सुरक्षाकर्मी, स्वास्थ्यकर्मीपछि काेराेनाबाट सञ्चारकर्मीहरु प्रभावित भएका छन् । काेराेना भाइरसबाट नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकार संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघले देशका सात मध्ये ६ प्रदेशमा पत्रकारहरुमा कोरोनाकाे संक्रमण पुष्टि भएकाे छ । महासंघका अनुसार अहिलेसम्म सुदूरपश्चिमका कुनै पनि पत्रकार संक्रमण भेटिएकाे छैन ।

महासंंघले प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकाे जनाएकाे छ । त्यसमध्ये मोरङका १२ जना छने उदयपुरका १ जना रहेका छन् । त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार काेराेना संक्रमित भएका छन । त्यसमध्ये पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

त्यसैगरी बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएकाक छन् । त्यसमध्ये काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ८ जना पत्रकार काेराेना संक्रमित भएका छन् । त्यसमध्ये कास्कीका १ र नवलपुरका ७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै प्रदेश ५ मा ११ जना पत्रकार संक्रमित भएका छन् । त्यसमध्ये बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ जना छन् । त्यसैगरी कर्णाली प्रदेशमा १ जना मात्र संक्रमित छन् । उनी दैलेख जिल्लामा कार्यरत पत्रकार रहेकाे महासंघले जनाएकाे छ ।

पत्रकार महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारहरुलाई अपिल गरेको छ ।

Loading...