ठुलो परिमाण हतियारसहित वैद्य निकट नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका केन्द्रीय सल्लाहकारलाई प्रहरीले बाँकेको राप्तीसोनारीबाट पक्राउ गरेको छ । वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम थारुलाई ठुलो परिमाणमा हतियारसहित उनको आफ्नै घर राप्तीसोनारी गाउँपालिका ५ जबरपुरबाट शनिवार विहान पक्राउ गरिएको प्रहरीले दिएको जानकारी दिएको छ । थारुको घरबाट प्रहरीले एक थान कटुवा पेस्तोल, एक […]
मुख्य समाचार
माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन
फागुन २९ , काठमाडौं । नेकपा माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। माओवादी केन्द्रको कार्यालय पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको भन्दै यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको हो । फिर्ता […]
ओलीले एकल रुपमा तोके एमालेको महाधिवेशन, मंसिर २–६सम्म महाधिवेशन हुने
काठमाडौं, २८ फागुन । नेकपा एमालेको ओली पक्षले एकल रुपमा पार्टीको महाधिवेशन तोकेको छ । एमाले अध्यक्ष ओलीले आज आफू निकटका नेताहरुलाई बोलाएर आफू र महासचिव वाहेक सबै पदाधिकारी खारेज गर्नुका साथै पार्टीको दशौं महाधिवेशनको मिति पनि तय गरेका हुन् । ओलीले अब पार्टीको दसौ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेका […]
ओलीले गरे एमालेका सबै पदाधिकारी खारेज, नेपाल पक्षका सबैको जिम्मेवारी खोसियो
काठमाडौं । केपी शर्मा ओलीले नेकपा एमालेमा महासचिव वाहेक सबै पदाधिकारीहरुलाई कारवाही गरेका छन् । साथै उनले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी दिइएका प्रदेशका इन्चार्जहरुलाई हटाएर आफू निकटका नेताहरुलाई जिम्मेवारी तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी सोही महाधिवेशनबाट उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज […]
८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ
भक्तपुर, २८ फागुन । भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्राबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिएकी छन् । पक्राउ पर्नेमा दोलखा बैतेश्वर–६ घर भइ बालकोट बस्ने वर्ष ३२ का सुमन […]
अफगानी भूमिमा युद्ध लडेको एक सैनिकको औपन्यासिक कृति ‘अफगानी रणमैदान’
काठमाडौं । साहित्यकार केदार संकेतद्वारा लिखित संस्मरणमा आधारित उपन्यास अफगानी रणमैदान बजारमा आएको छ । बुधवार राजधानीमा एक समारोहकाबीच उक्त कृतिको विमोचन गरिएको हो । बरिष्ठ साहित्यकार रोचक घिमिरे, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक प्रा.डा.कुमार कोइराला साहित्यिक समालोचक नेत्र एटम, साहित्यकार पत्रकार तथा पत्रकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार इल्या भट्टराई लगायतले उक्त कृतिको सामूहिक रुपमा […]
यस्तो छ ओलीविरुद्ध संसदभित्रको समिकरण
काठमाडौं, २५ फागुन । पुनस्र्थापित संसदको पहिलो बैठकमै सरकारले अध्यादेश ल्याएपछि झस्किएको नेपाली कांग्रेस अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउने मूडमा पुगेको छ । यसअघि कांग्रेसभित्र सरकारमा जाने र नजाने अथवा ओलीसँग समिकरण बनाउने वा प्रचण्ड माधवसँग समिकरण बनाउने भन्नेमा अलमल देखिएको थियो । तर, ओलीले निरन्तर संविधान विपरित कदम चालेको भन्दै कांग्रेस ओली वाहेकका दलहरुको गठबन्धन […]
यस्तो छ ब्यूतिएको एमालेमा ओली र नेपालको संख्या
काठमाडौं । सर्वोच्च अदालतले एकीकरण खारेज गरिदिएपछि पूर्वएमाले र माओवादी केन्द्रले अब पूरानै पार्टी ब्युँताउने भएका छन्। ब्यूतिएको एमालेभित्र ओली र माधव पक्षको अवस्था के छ भन्नेबारेमा धेरैको चासो छ । सो पार्टीका संसदहरुको संख्यामा माधव नेपाल कमजोर रहेको भए पनि पार्टी केन्द्रीय समितिमा भने उनी कमजोर नरहेको देखिन्छ । पूर्ववत् एमालेको केन्द्रीय समितिमा केपी […]
प्रचण्ड र माधव समूह पनि भयो अलग
काठमाडौं । प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतको निर्णयपछि अलग अलग पूर्वपार्टीमै रहने निर्णय गरेको छ । सर्वोच्चको फैसलालाई अध्ययन गर्दै जाने र तत्कालका लागि पूर्व दुई पार्टीमा रहेका नेताहरु यथाअवस्थामै रहने उनीहरुले निर्णय गरेका हुन् । जसअनुसार अब एमाले र माओवादी केन्द्रको समूह अलग अलग रहने तर सहकार्यमै रहने देखिएको छ । प्रचण्ड माधव समूहको स्थायी […]









