माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

फागुन २९ , काठमाडौं । नेकपा माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। माओवादी केन्द्रको कार्यालय पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको भन्दै यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको हो ।
फिर्ता बोलिएका मन्त्रीहरु गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गृह मन्त्री बादलसहित २३ जनालाई यस अगाडिनै एमालेको केन्द्रीय सदस्य मनोनयन गरि सकेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय कमिटी बैठक भोलि एघार बजे बस्ने तय गरिएको छ ।

Loading...