युरेनियम कारोवारि पक्राउ

बरामद युरेनियमको मूल्य करिब ६ अर्ब पर्ने

काठमाडौं, २८ फागुन- गैरकानुनी युरेनियेम कारोबार गर्दै रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २० वर्षअघि भारतबाट ल्याएर बौद्धस्थित एक घरमा लुकाइराखेको दुई किलो युरेनियम प्रहरीले बिहीबार बरामद गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । युरेनियम २३८ को गैर कानुनी कारोवार भईरहेको छ भन्‍ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले मिति फागुन २७ गते
बरामद युरेनियमको मूल्य करिब ६ अर्ब पर्ने प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका बिक्री गर्न खोज्ने नारायणसिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र मनोज न्यौपाने पक्राउ गरेको छ । नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बरामद वस्तु युरेनियम नै भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अनुसार अनुसन्धान भई रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

के हो युरेनियम ? – 
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ । एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम-२३५बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएलडटडीओईडटजीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम-२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करबि १८ करोड रुपियाँ) पर्छ। यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपियाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो। 

 

 

 

 

 

 

 

 

https://ne.wikipedia.org/w/index.php – बात 

 

 

Loading...