ओलीले एकल रुपमा तोके एमालेको महाधिवेशन, मंसिर २–६सम्म महाधिवेशन हुने

काठमाडौं, २८ फागुन । नेकपा एमालेको ओली पक्षले एकल रुपमा पार्टीको महाधिवेशन तोकेको छ । एमाले अध्यक्ष ओलीले आज आफू निकटका नेताहरुलाई बोलाएर आफू र महासचिव वाहेक सबै पदाधिकारी खारेज गर्नुका साथै पार्टीको दशौं महाधिवेशनको मिति पनि तय गरेका हुन् ।

ओलीले अब पार्टीको दसौ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

Loading...