काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्रै थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्रत्यक्ष […]
मुख्य समाचार
नेपालीको प्रतिव्यक्ति आम्दानी १,३८१ डलर, ऋण ६३ हजार ३१० रुपैयाँ
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । हरेक नेपालीको भागमा ऋण भने ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ । यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ […]
एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई दुवैपटक माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री भएको दाबी गर्दै एक्लै चुनाव जितेर फेरि एमालेको प्रधानमन्त्री बनेर […]
स्थानीय निकाय निर्वाचन २०७९: दृष्य-अदृष्य केही पाटाहरू
स्थानीय निकाय २०७९ को चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भयो । परिणाम पनि करिव करिब हात लागि नै सक्यो । बिगतमा पहिलो स्थान ओगटेको एमाले यो पटक दोश्रो भयो भने दोश्रो स्थानको काँग्रेस पहिलो भयो । माओबादी केन्द्रले भने आफ्नो स्थान कसैलाई छोड्न चाहेन । अर्थात् बिगतमा झैं यो पटक पनि माओबादी तेश्रो स्थान मै किल्ला […]
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर फ्याक्न रोकियो, बैज्ञानिक पद्दति युक्त तरिका बात फोहर ब्यबस्थापन गरौ भनेका हौ: स्थानीय
जेष्ठ १३,काठमाडौँ । उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट आजबाट रोकिएको छ । स्थानीय सरकारले केहिदिन देखि प्रहरी प्रशासन प्रयोग गरेर बन्चरेडाडामा फोहर व्यवस्थापन गर्दै आएको थियो । स्थानीयले चासिले बाटो समयमा बन्नु पर्ने पुरानै मागलाइ दोहर्याउअदै सो ल्याण्डफिल्ड साईटमा धर्ना दिदैं आएका थिए । स्थानीयको माग सम्वोधन गर्ने तर्फ सरकारले कुनै चासो […]
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय सर्वच्चद्वारा बदर
काठमाडौँ, १२ जेठ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वच्च अदालतले बदर गरिदिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै आज बिहिबार सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा […]
भक्तपुरका नगरवासीलाई मेयर प्रजापतिको पहिलो उपहार : मेलम्चीको पानी वितरण सुरुवात
भक्तपुर, १२ जेठ । भक्तपुरका नगरवासीले दोश्रो पटक पनि चुनेका सुनिल प्रजापतिले दोश्रो कार्यकालको पहिलो उपहार मेलम्ची खानेपानी वितरणबाट सुरुवात गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले आज बिहीबार दिउँसो १२ बजेको शुभ साइतमा संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । […]
काठमाडौँ महानगर १५ मा एकीकृत समाजवादीको पुरै प्यान विजयी
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका वडा नं १५ मा नेकपा ( एकीकृत समाजवादी) को पुरै प्यान विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार ईश्वरमान डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ यसअघि काठमाडौँ महानगरपालिकाका प्रवक्ता हुनुहुन्थ्यो । अघिल्लो २०७४ स्थानीय निर्वाचनमा नेलापा एमालेबाट वडा अधक्ष्यमा निर्वाचित भएका थिए […]
बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु
गोरखा, १२ जेठ । गोरखा र धादिङको सिमाना भएर बग्ने बुढीगण्डकी खोलामा ड्याम निर्माण गरि जलविद्युत् आयोजना बिस्तार गर्दा डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले पहिलो चरणमा […]
सडक स्तरोन्नतिसँगै यात्रुलाई सास्ती जिम्मेवार को ?”
भर्खर स्थानीय निर्बाचन समाप्ति सँगै देशमा महँगी आकासिएको छ।पेट्रोलियम पदार्थको मूल्य बृद्धिले आम मानिसलाई अब जिबिका चलाउन अझ मुश्किल पर्ने देखिन्छ।यही भनी रहदा अहिले पर्बत कुस्मा नगरपालिका अन्तर्गत सड़क बिस्तार सकि सकेको छ।तर यात्रुहरुलाई सड़क बिस्तारले झन समस्या उत्पन्न गराएको छ।स्थानीय तहले बाटो चकलाउने ,नाली बनाउने,बिधुतका पोल लगाउने गरे पनि यो अहिले बनाए अनुसार कार्यान्वयन […]










