काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्रै थियो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी दायित्व १ खर्ब ९८ अर्ब ५२ करोड रहेकोमा ०७८ असारसम्म यस्तो दायित्व २ खर्ब १८ अर्ब ३ करोड कायम भएको छ ।
यस्तै आर्थिक वर्ष २०७८÷०७९ को फागुनसम्म ८ अर्ब ६८ करोड वैदेशिक लगानीको लाभांश भुक्तानीको स्वीकृति प्रदान गरिएको छ ।