बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर फ्याक्न रोकियो, बैज्ञानिक पद्दति युक्त तरिका बात फोहर ब्यबस्थापन गरौ भनेका हौ: स्थानीय

जेष्ठ १३,काठमाडौँ  ।  उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट आजबाट रोकिएको छ । स्थानीय सरकारले केहिदिन देखि प्रहरी प्रशासन प्रयोग गरेर  बन्चरेडाडामा फोहर व्यवस्थापन गर्दै आएको थियो ।

स्थानीयले चासिले बाटो समयमा बन्नु पर्ने पुरानै मागलाइ दोहर्याउअदै  सो ल्याण्डफिल्ड साईटमा धर्ना दिदैं आएका थिए । स्थानीयको माग सम्वोधन गर्ने तर्फ सरकारले कुनै चासो नदिएपछि आन्दोलनकारीले राजधानीबाट फोहोर बोकेर गएका सवारी साधनलाई बाटोमा नै रोकेका थिए ।

  सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको नुवाकोट सिमाना धादिंग छत्रे देउराली धुनु वेशी बञ्चरेका  स्थानीय जनताले निर्माण भएको दम्पिंग  संरचना बैज्ञानिक नभएको र हाल फोहर ब्यबस्थापन गरिदै आएको सिसडोल भन्दा भयावह हुने भन्दै बिरोध गर्दै आएको छ। 

बञ्चरेमा बन्दै गरेको ल्याण्ड फिल साइतको पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको भवन बिभागका कर्मचारीले बताएता पनि स्थानीय यो मान्न तयार छैनन्। संगै बनाउने भनिएको दोश्रो ‘सेल’ को निर्माणको थालनी कहिले हुने हो निश्चित भएको छैन। फोहर बात निस्किने तरल प्रदार्थ लिच्चद जम्मा हुने ट्यांकी निर्माण भैसके पनि फिल्टर प्लान भने अलपत्र नै रहेको छ।

स्थानीय तथा संघर्ष समितिका सदस्य सनत उप्रेती भन्छन – ‘ पूर्ण रुपमा बैज्ञानिक ढंगबाट फोहर ब्यबस्थापन गर्ने भनेर सम्झुता गरे विपरीत जनताको मागको बारेमा उहाहरुले सुनेन , बलजफ्ती सेना ,शास्त्र ,प्रहरी लगाएर दुइदिन घर घरमा पुगेर आतंक सिर्जना गरि बलप्रयोग गर्नु भयो ,यो पूर्ण अलोकतान्त्रिक छ । हामीले बातावरण , मानवीय स्वास्थ्यमा प्रभाव नपर्नेगरी बैज्ञानिक पद्दति युक्त तरिका बात फोहर ब्यबस्थापन गरौ भनेका हौ  ’ ननस्टप खबरलाइ जानकारी दिए  ।

सरकारले सो क्षेत्रका जनताको माग सम्वोधन गर्नु भन्दा पनि फोहोर लगेर फ्याक्ने रणनीति अख्तियार गरेपछि स्थानीय आन्दोलित भएका हुन ।
 

 

 

 

Loading...