स्थानीय निकाय निर्वाचन २०७९: दृष्य-अदृष्य केही पाटाहरू

स्थानीय निकाय २०७९ को चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भयो । परिणाम पनि करिव करिब हात लागि नै सक्यो ।

गोकुल कार्की

बिगतमा पहिलो स्थान ओगटेको एमाले यो पटक दोश्रो भयो भने दोश्रो स्थानको काँग्रेस पहिलो भयो । माओबादी केन्द्रले भने आफ्नो स्थान कसैलाई छोड्न चाहेन । अर्थात् बिगतमा झैं यो पटक पनि माओबादी तेश्रो स्थान मै किल्ला ठोकेर बस्यो !

तराईबाट भर्खरै पहाड छिरेको जसपाको स्थिति भने त्यत्ति सन्तोषप्रद हुन सकेन । तराईका केहि जिल्लालाई छोड्ने हो भने वाबुराम भट्टराईकै गृह जिल्लामा समेत जसपा शिला खोज्नु पर्ने अबस्थामा पुग्यो ।

त्यसै गरि यो सम्बिधान जोगाउन व्यक्तिगत क्यारियरलाई दाउमा राखेर निकै नै महत्वपूर्ण भूमिका खेलेका माधव नेपालको एकीकृत समाजवादीले आशातित सफलता नपाएता पनि निकट भविष्यमा राम्रै स्थान पाउने संकेत मिलेको छ । पार्टी गठनको छोटो समयमै पोखरा लगायत डेढ दर्जन स्थानीय निकायमा उसको उपस्थितिले यस्तो दावी गर्न सकिन्छ ।
चुनाव अगाडी ठूलाठूला र्याली-सभा सहित शक्ति प्रदर्शन गरेको राप्रपा भने यो पटक चिप्लिएको छ । भर्खर-भर्खरै सम्पन्न महाधिवेशनवाट उदाएका राजेन्द्र लिङदेन अहिले चर्चामा छन् ।

अहिलेको यो संघीय गणतान्त्रिक व्यवस्थालाई समाप्त पारि त्यसको ठाउमा राजतन्त्र सहितको एकल हिन्दू अधिराज्य फर्काउने उनका घोषित लक्ष हुन् ।

स्वतन्त्र अभियन्ताको नामवाट गतिविधि गर्दै आएका ग्यानेन्द्र शाही, सामाजिक संजालतिर सक्रिय ज्वाला संग्रौला लगायतहरू पनि अहिले यही पार्टीमा आवद्द छन् ।

यी अभियन्ताहरू विशेष गरेर भरतपुरमा केन्द्रित देखिन्छन् । भरतपुर रेणु दाहालको कर्म क्षेत्र मात्र नभएर गणतान्त्रिक आन्दोलनका सर्बोच्च कमान्डर प्रचण्डको गृह जिल्ला पनि हो ।

त्यसैले यहाको राजनीतिक अवस्थितिको विशेष महत्व छ । रेणुको अव्बल कामको वाबजुद उनलाई हप्काउन-दप्काउन- लल्कार्न गणतन्त्र विरोधीको हैसियतले ग्यानेन्द्र शाहीहरू चितवन पुग्ने, झड़प निम्त्याउने सिलसिला देखाउदै आएका थिए ।

यो लेख लेख्दै गर्दा भरतपुरले आफ्नो मेयरमा रेणु दाहाललाई नै पुनर्विजय गराएको छ । यो विजयले ग्यानेन्द्र शाहीको गतिविधिलाई भरतपुरले खारेज गरिदिएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, खारेज गर्दै एकल राजतन्त्रात्मक हिन्दू अधिराज्यको विगूल फूक्दै हिडेको राप्रपा अनि रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी/समूहले यतिखेर करिव करिव धूलो चाटेको अवस्था छ ।

त्यसैगरि पूर्व विखण्डनकारी सिके राउतले पनि यो चुनावलाई स्वीकारेर संविधानको कृयाशालतालाई सहयोग पुर्याए, यो नै ठूलो कुरा हो ।
यति मात्र हैन, प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै ‘महापतन’ नामक ठेली लेखेर भण्डाफोरमा उत्रेका विप्लव पनि अन्तत्वगत्वा यही चुनावमा सरिक हुन आए । भाग लिए ।

भाग त लिए, तर पनि जनताले उतिविघ्न रुचाएको देखिएन । क्रान्तिको उदगम थलो थवाङले समेत उनलाई पत्याएन । माओवादी केन्द्र विरूद्द काङ्ग्रेस-एमाले लगायतसंग गठजोड गर्दा समेत विप्लवको केही जोर चलेन ।

र यो निर्वाचनमा सवैभन्दा चर्चित अनुहार धरान र काठमाडौले पायो । स्वतन्त्र उम्मेद्वार वालेन्द्र साह र हर्क साम्पाङको लौरोले पुराना नेताहरूलाई धुस्नोसंग चुटिरहेको छ । स्वतन्त्र उम्मेद्वारको यो खालको उदयलाई विविध कोणवाट व्याख्या-विश्लेषण गर्न सकिन्छ ।

चुनाव अगाडी कुनै व्याख्याता/विश्लेषकले नपत्याएका उम्मेद्वारले किन अनि कसरी जित्यो त !? सायद अझै पनि उत्तर सहज छैन ।
दलहरूले प्रश्तूत गरेका पुराना, थोत्रा, ढुसी परेका अनुहारले पो हो कि !
वेलावखत ठट्टा गरेर रमाइलो गर्नु पर्ने अस्थिर मनस्थितिका मतदाताको कारणले या के कारणले हो, भन्न नसक्नेले अव यही कारणले जित्यो भन्ने व्याख्याताको अनुमान सही नहुन सक्छ ! त्यसैले व्याख्याता-विष्लेषकहरू मौन बसिदिनु नै उचित हुन्छ !

हुन त काठमाडौले नया अनुहार खोज्यो भन्नेमा म चै ढूक्क छैन ! वालेन्द्र साहसम्मलाई हेर्दा नया अनुहार खोजेकै हो कि भन्न त सकिएला ! किनकी प्राविधिक भिजनरले सपना बाडेका छन् । परिक्षण हुन बाकी भएता पनि आशा जगाएका छन् , मतदाताले भरोसा राखेर मत दिएका पनि हुन सक्छन् !

तर जव सर्वाधिक असफल निवर्तमान मेयर शाक्यका सल्लाहकारले यथेष्ट मतका साथ उपमेयरमा विजय भएको/हुदै गरेको दृश्य देखिन्छ, कम-से-कम काठमाडौले परिवर्तन मागेको मान्न सकिन्न ।

काठमाडौ बसेको यत्तिका बर्षमा सर्वाधिक अस्तव्यस्त काठमाडौ शाक्यकै कार्यकालमा देखियो, भोगियो ! राज्यको सेवा सुविधा खाए पछि सुधार्ने सल्लाह किन दिईनछन् सल्लाहकार साहेवाले भनेर जो कोहि पनि अवाक् हुन सक्छ !

तर आज तिनै सल्लाहकार पुरस्कृत भएको देख्दा राजधानीले परिवर्तन चाहेको बुझ्न सकिएला र ! ?

नया अनुहार खोजेको वुझ्न सकिएला र ?! खै है मैले चै मानिन !

तर पख्नूस् त ! राजधानीले नया अनुहार चै खोजेकै हो है फेरि !

सारमा हैन, रूपमा चै !

गोपाल हमाल, धराने हर्क साम्पाङको कुरा के हो म जान्दिन, तर विचार रुढ नै भए पनि वय चै तरूण नै होस् भन्न खोज्यो राजधानीले !

आफ्नो मेयर/उपमेयर प्रोफेशनल मोडेल झै क्याट वाक गर्दै आफिस आओस्, हेर्दा पनि चिटिक्क परेको, हिसि-ह्यान्सी-खाइलाग्दो, जिउदो जाग्दो मोडेल होस् भन्न खोज्यो राजधानीले !

वालेन हुन् या डंगोल, तिनको जीतलाई यही कोणवाट हेर्दा सही होला कि भन्ने मेरो प्रश्ताव हो !

यो त भयो स्थानीय निकाय निर्वाचनमा दृष्टिगोचर हुन आएका केही झलकहरू !
यो वाहेक को कति बलियो भन्नेमा दलहरू विचमा अझै विवाद छ ।

परिणाम हात लागिसक्यो, को हार्यो, को जित्यो, अंक गणितले वताइसक्यो । र पनि कुरो सिङ्गल सिङ्गल भिड्या हो र भन्ने मै अड्किरहेको छ ।

विशेष गरेर सिङ्गल भिडेको दावी गर्ने एमाले र माओवादी-काग्रेसको विचमा यो लडाई जारी छ ।

सवैले देखेकै कुरा हो, पांच दलिय गठवन्धन अहिले पनि जारी छ ! तर यो अहिले भर्खर निर्माण भएको चुनाव लक्षित गठवन्धन हुदै हैन !

यो त संविधान संरक्षण खातिर निर्माण भएको गठवन्धन हो ! आवधिक निर्वाचन जित्ने तुच्छ उदेश्यले हैन,जतिखेर खड्गप्रसाद ओलीले संविधान विपरीत संसदमाथि कू गरे, विदेशी जाशुसलाई मध्ये रातमा वालुवाटारमा आलिङ्गन गरेर , तिनकै सल्लाह- सूझाव-आदेशमा गणतन्त्र-संघियता-धर्मनिरपेक्षता लगायत परिवर्तनका तमाम कडीहरूमाथि खड्ग उज्याए, त्यसको प्रतिकारमा निर्मित गठबन्धन हो यो !

यो हिसावले भन्नुपर्दा यो गठवन्धनको निर्माण वैदेशिक हस्तक्षेप विरूद्दमा पनि हो भन्ने बुझ्नु पर्छ ।

र अर्को नबुझी नहुने कूरा यो पनि छ कि , यहानिर जसले जतिसुकै दम्भ – अहंकार देखाए पनि कोही पनि सिङ्गल-सिङ्गल लडेका छैनन । सिङ्गल रहेको दावी गर्नेहरूले सैयौ ठाउमा गठवन्धन गरेको तथ्याङ्कले जाहेर गरेकै छ ! तथ्याङ्कले नै वोले पछि थप लेखिरहन आवश्यक नै परेन ।

वरू लेख्न आवश्यक त यो छ कि कसको गठवन्धनमा कस्ता कस्ता अनुहारहरू सहभागी भए ! क- कसका सिद्दान्तका ठेलीहरू झूठ अनि मक्कारको टोकरीमा बास बस्न पुगे ! कम्यूनिष्ट झण्डामुनि लुकेर सामन्तवादी अवशेषको मादलमा को नाच्दैछ, यो पो हो लेख्नै पर्ने कूरा त !
हिजो क-कसले साम्राज्यवाद विस्तारवादको कुरा गर्थ्यो, अपर कर्णाली-लिपू-लिम्पियाधूरा-कालापानीको कुरा गर्थ्यो । कसले वाचन गर्थ्यो माफिया- दलाल- तस्कर-सुदखोरको कथा ! खाद्य सम्प्रभूताको कूरा !

हेर्नूस् त आज तिनै कथा वाचकहरू यती-ओम्नी-वतासको क्याम्पमा सर्लक्कै भर्ती हुन् पुगेका !

चुच्चे नक्शा छापिनुमा बलियो नेकपालाई कारक देख्ने भारतीय थिङ्क ट्याङ्क, शासक वर्ग , जसले तत्कालिन नेकपाभित्रको अल्पमत खेमालाई हातमा लिएर नेपाली राष्ट्रियतामाथि कसरी छुरी चलायो, तिनै विभिषणहरूसंगको गठजोडमा रमाउनू ! यो भन्दा क्रूर ठट्टा अर्को कुनै हुन् सक्ला ?

सर्लाहीका कुमार पौडेल लगायत अन्य दर्जन सहिदहरूलाई के भनेर मुख देखाउने ? कठै क्रान्तिकारिता भित्र मौलाउदै गरेको यो निरीहता(नियत ?)को राज के होला, यो पो हो त लेखिनुपर्ने कुरा !

तराईमा अधिकार माग्नेलाई कुहिएको आप झै खसाल्नेसंग यो दोश्ति ! यो प्यार ! यो महब्बत ! वाह ठोरीका राम जि ! कौन लिखेङ्गे दोवारा आपकि यह राम कहानी ! बोलो !?

तर लेख्नै पर्दैन, देखिसकेका छौ, प्रत्यक्ष !

खासमा यो चुनाव स्थानीय निकायको कम, अग्रगामी-पश्चगामी विचको प्रतिश्पर्धा ज्यादा हो !

राजनैतिक दलहरू विचको कम, गणतन्त्रवादी-पुरातनी पुनरोत्थानवादी विचको प्रतिस्पर्धा ज्यादा हो !

फलानो फलानो नेताहरू विचको कम,
जनभक्त, देशभक्त -साम्राज्यवादी, विस्तारवादी तथा तिनले नियुक्त गरेका घरेलु प्रतिकृयावादी विचको प्रतिस्पर्धा ज्यादा हो !

त्यसैले सोही अनुसार गठवन्धन भएका छन् ! कतै पाच दलिय त कतै दश दलिय गठवन्धन भिडिरहेका छन् ! सिङ्गल कोही छैन यहा, दश दलिय मोर्चामा त अझ सामन्त गोयलको धाप पनि मिसिएको छ ! तत्व मिल्ने सगोत्रीहरू सोही अनुसार मोर्चावन्दीमा छन् !

खैर, अन्तमा यति भन्नै पर्छ, मोर्चा जे जस्तो भए पनि पांच दलिय गठवन्धनले लेण्डूपपथमा अग्रसर केशरजंगमार्गी दश दलिय ठगवन्धनलाई परास्त गर्नै पर्छ ! राणा फाल्ने काग्रेस र गणतन्त्र ल्याउने माओवादी केन्द्रको सहयात्रा अरू लामो समय कायम रहोस् ! नत्र देश दुर्घटनामा पर्छ, पर्न सक्छ ! धन्यवाद !
2079-2-10