धम्क्याएर ७ करोड रुपैयाँ मागेको आरोपमा ७ जना पक्राउ

काठमाडौँ ।  व्यवसायीलाई धम्क्याएर ७ करोड रुपैयाँ मागेको आरोपमा  ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ती व्यवसायीसँग पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई रकम नदिए ‘जे पनि हुने’ भन्दै धम्की दिएर उनीहरुले एक महिनाअघिदेखि नै रकममा बार्गेनिङ गरिरहेको तथ्य बाहिरिएको छ  ।

ति समुहले पटक पटक धम्की आएपछि पिडित व्यवसायीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए ।बिभिन्न सूचनाको आधारमा सो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहिबार काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूबाट सुजन आचार्य, टेक वि.क., धर्मराज थापा, उमेश भण्डारी, बसन्ता खनाल, सुरज शर्मा र  श्रवण कार्की लाइ नियेंत्रण लिइ हो । 

पक्राउ परेका ७ जना व्यक्तिहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ  ।

उनीहरूको साथबाट विभिन्न मिडियाको नाममा प्रेस पास भेटिएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरू ती मिडियामा कार्यरत हुन् वा हैनन् भन्ने बारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीले भने  पीडित व्यक्तिको पहिचान गोप्य राखेको छ । 

Loading...