एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ ।

प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई दुवैपटक माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री भएको दाबी गर्दै  एक्लै चुनाव जितेर फेरि  एमालेको प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनु भएको हो ।

प्रचण्डले भन्नुभयो  ‘ माओवादीको बैशाखी टेकेर तपाई दुईचोटी प्रधानमन्त्री बन्नुभएको होइन ?, ‘अब बनेर देखाउनुस् त । आगामी चुनावमा एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त ।’

Loading...