काठमाडौँ महानगर १५ मा एकीकृत समाजवादीको पुरै प्यान विजयी

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका वडा नं १५ मा नेकपा ( एकीकृत समाजवादी) को पुरै प्यान विजयी भएका छन् ।   नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार ईश्वरमान डङ्गोल  तीन हजार ४७६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँ यसअघि काठमाडौँ महानगरपालिकाका प्रवक्ता हुनुहुन्थ्यो । अघिल्लो २०७४ स्थानीय निर्वाचनमा नेलापा एमालेबाट वडा अधक्ष्यमा निर्वाचित भएका थिए ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गर्नुभयो । यस्तै वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी हुनुभएको छ ।

 

Loading...