त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा, प्रदेश संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठको एक्सन

जेष्ठ १२ ,काठमाडौं । काठमाडौं त्रिभुवन पार्कको ५० रोपनी जग्गा बर्षौ देखि  कौडीको भाउमा भाडामा दिएको पाइएको छ। 

पार्कको नाउमा रहेको जम्मा  १६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी ९ हजार १ सय ५० रुपैयाँ पाउने गरी फनपार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको खुलासा भएको  हो।

 पार्कको जग्गा कौडीको भाउमा निजि कम्पनीलाई दिइयको खबर बाहिरिए पछी   बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ एक्सनमा उतियेका छन्।  मन्त्री  श्रेष्ठले पार्कको जग्गा वार्षिक ५४ लाख रुपैयाँमात्र आउने गरी २० वर्षको लागि सम्झौता गरिएको यो घटनाको छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीसँग माग गरेको  बताएउनु भयो ।

सरकारी जग्गा कौडीको भाउमा भाडामा लगाएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्रालयले निरन्तर काम गर्ने भएको छ। त्रिभुवन पार्क स्मारक समितिले सो जग्गा एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्टलाई अवैध प्रक्रियाबाट भाडामा दिएको जनाइएको छ।

पार्कको मन्त्री श्रेष्ठ, सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीले अवलोकन गरेका छन्। 

Loading...