काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा तथा विद्यार्थी संगठन वाइसीएल नेपाल र अखिल (क्रान्तिकारी)ले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने भएका छन्। अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा अधिवक्ता बिराज थापाका अनुसार उनीहरूले पार्टी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सामाजिक सञ्जालमार्फत झुठो प्रचार र अफवाह […]
मुख्य विशेष
बकबक गर्नेलाई उपचार गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि आफू नै राज्य ठान्नेहरु बिरुद्ध कठोर हुने चेतावनी दिएका छन् । अछामका मदन बुढाको आमरण अनसन आज तोडाउँदै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेततर्फ लक्षित गर्दै उनीहरूले “राज्यजस्तो हिँड्ने प्रवृत्ति” देखाएको बताए । गृहमन्त्री अर्यालले भने, “के कारणले […]
डोटीमा जिप दुर्घटना, एकजनाको निधन
डोटी । डोटीको बडिकेदार गाउँपालिका–३ देवलमा बिहान करिब साढे ९ बजे बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडकमै पल्टिएको थियो । उक्त दुर्घटनामा परी बडिकेदार गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै ज्यान गएको हो । जिप […]
पाँच हजार बढी कैदीबन्दी अझै फरार
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभरका विभिन्न कारागारबाट भागेका हजारौं कैदीबन्दी अझै फिर्ता नहुँदा शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको छ। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी फिर्ता भइसके पनि ५ हजार ५४७ जना अझै फरार छन्, जसले देशभरको सुरक्षा संयन्त्रलाई चिन्तित बनाएको छ। पछिल्लो केही कर्तव्य ज्यानसहितका आपराधिक […]
प्रायोजित र भ्रामक प्रचारको माओवादी केन्द्रद्वारा खण्डन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूविरुद्ध केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् प्रायोजित, असत्य र चरित्रहत्या गर्ने सामग्रीहरूप्रति फैलाइएको भन्दै पार्टीले कडा आपत्ति जनाएको छ। संयोजक प्रचण्डको सचिवालयका तर्फबाट उनका प्रमुख स्वकीय सचिव एवं केन्द्रीय सदस्य गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित […]
इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ। […]
भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ
भक्तपुर । दिउँसै मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण दुर्घटना बढ्न थालेपछि भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ शुरु गरिएको छ । छ लेन सडकमा शनिबार ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई कडाइ गरेको हो । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले सवारी दुर्घटना बढ्न थालेपछि साँझबाट गर्दै आएको मापसे चेकिङ दिउँसो पनि […]
एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट रकम झिक्ने सिमा घटाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाएको हो । अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो । यसैगरी, एक […]
कांग्रेस पदाधिकारी बैठकका यस्ता कुरा, शुक्रबार पुनः बस्ने
ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराए । “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको […]
शनिबार राजधानीमा एमालेले युवा शक्ति प्रदर्शन गर्ने
भक्तपुर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सबै विवरण आफूले सुरक्षित राखेको बताएका छन्। सबैको एक-एक हिसाब हुने उनको चेतावनी छ । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई खुलेआम चुनौती पनि दिएका छन्। “एमाले अध्यक्ष केपी ओली र महेश […]











