देउवाले हतियार किनेको साढे २ अर्ब मिनाहा गर्न भन्दा मोदीले ठाडै भने ‘नो’

काठमाडाैं, ११ भदाै । हैदराबाद हाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे, ‘नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस्।’ तर, मोदीले मिनाहा गर्ने वचन दिएनन्। जानकार अधिकारीका अनुसार मोदीले दायाँ–बायाँ बसेका भारतीय अधिकारीलाई हेरेर जवाफ […]

सदभावनाका नेता साहले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाएकाे खुलासा

काठमाडाैं, ११ भदाै । नेपाल सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ। विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन्। विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुली लगायत […]

वर्षदिनमा १० हजार दुर्घटना । २ हजार नागरिकले गुमाए ज्यान

काठमाडाैं, ११ भदाै । एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन्। जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७३–७४ मा १० हजार १ सय ७८ दुर्घटना भए। ०७२–७३ मा १० हजार १३ दुर्घटना भएका थिए। चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन्। फितलो कारबाहीका कारण चालकले लापरबाही […]

एमालेसँग एकता गर्ने तयारीमा नयाँशक्ति । गोप्य छलफलका हिसिला ओली निवासमा

काठमाडौं, ८ भदाै । नयाँ शक्ति नेपालले नेकपा एमालेसंग पार्टी एकता गर्ने तयारी थालेको छ । नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु हुल नै बाँधेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका बेला संयोजक बाबुराम भट्टराई पत्नी हिसिला यमी भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी छिन् । एमाले अध्यक्ष ओलीसँग यामीले पार्टी एकताको प्रस्ताव गरेकी […]

बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

झापा, ७ भदौ । झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण […]

धनगढीमा पनि ‘६ लेन’को सडक निर्माण सुरु

धनगढी, ७ भदौ । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिकचरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने कार्य सुरु भइसकेकाले सो स्थानमा पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामको प्रक्रिया अघि बढाइएको […]

बाढीपछि सप्तरीमा सर्पको बिगबिगी

राजविराज, ७ भदौ । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र नदीमा पानी पसेपछि आफ्नो बासस्थान गुमाएर बगेर आएका सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ । खासगरी बाढी प्रभावित […]

बाढी पीडितलाई गाँसभन्दा पनि बासको समस्या

पोखरा, ७ भदौ । कास्कीको माछापुच्छ«े गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ । गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् । बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरू आफन्तको घरमा बस्दैआएका छन् । खान […]

नयाँ शक्ति भ्रम भएको भन्दै फर्कियो पौडेलको टोली, ३ बजे पार्टी प्रवेश तय

काठमाडाैं । माओबादी केन्द्रलाई पुरानो मक्किएको घर भन्दै नयाँ घर बनाउन निस्केका देवेन्द्र पौडेलको टीम पुरानै घरमा फर्कने टुंगो लागेको छ । मंगलवार दिउसो एक औपचारिक कार्यक्रमकाबीच उनीसहित सयौको संख्यामा पुराना माओबादी नेता कार्यकर्ता माओबादी केन्द्रमा फर्कने भएका हुन् ।   बाबुराम भट्टराइको नेतृत्वमा नयाँ शक्ति बनाउने भन्दै निस्केका प्रभावशाली नेता पाैडेल लगायतको टोली बाबुरामले […]

भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद

बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]