केटीको निहुँमा पुल्चोकमा ठूलो ग्याङ फाइट, खुकुरीले गयो ज्यान

काठमाडौं, २१ वैशाख । राजधानीमा पछिल्लो समय ग्याङ फाइटका घटना बढेका छन् । पछिल्लो समय भएको एक ग्याङ फाइटमा एक जना युवाको ज्यानै गएको छ ।

राजधानीको ललितपुर पुल्चोकमा दुई समूहबीच शुक्रबार बेलुका ग्याङ फाइट भएको हो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

ललितपुर महानगरपालिका–३ पुल्चोकको सुमेरु अस्पताल नजिकको गल्लीमा ग्याङ फाइट हुँदा १ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । १२ देखि १४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ ।

युवक शाक्य ग्याङ फाइटमा परी घाइते भएका थिए । घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो । तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् ।

उनको टाउको, छाती लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो । प्रहरीले दुई समूहबीच केटीका विषयमा झगडा बढ्दै गएर यस्तो अवस्था आएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाले ग्याङ फाइटमा संलग्न कृष्ण तामाङ सहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएका छन् ।

Loading...