‘मेरो सरकार’ पदावली हटाउन माग गर्दै कांग्रेस र राजपाले गरे संशोधन प्रस्ताव दर्ता

काठमाडौ, २१ बैशाख । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन् । दुई पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा संशोधन प्रस्ताव समेत दर्ता गराएका छन् ।

प्रतिपक्षी दलले सबैभन्दा बढी संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ भन्ने पदावलीमाथि आपत्ती जनाएका छन् । यसले राजतन्त्रकै झल्को दिएको उनीहरुको भनाई छ । संघीय संसद्‌मा शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धेरैतिर आलोचना भएको छ ।

नेपाली कांग्रेस र राजपाले शनिबार दिउँसो संशोधन दर्ता गराएको संसद् सचिवालयले जनाएको छ । कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ुमेरो सरकारु भन्ने शब्दावली प्रयोग गरिएकोले त्यसलाई सच्चाएर ुनेपाल सरकारु बनाउनुपर्ने माग राखेको छ ।

यस्तै, स्थानीय तहलाई हस्तक्षेप गरेर संघीयता कमजोर बनाउने खालको रहेको, सुशासन, विकास र समृद्धिका विषयहरु नीति तथा कार्यक्रममा समेट्न नसकेको कांग्रेसको टिप्पणी छ।

Loading...