करोडौको गाडी छाेडेर पुरानै गाडीमा मेयरको माेह

फजुल खर्च जरुरी छैन, कहिलेकाहिँ धकेल्नु पर्छ

ललितपुर। मुलुककै दोश्रो ठूलाे महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २४ वर्ष पुरानो गाडी प्रयोग गर्छन् । अन्य मेयरहरु करोडौ मुल्य पर्ने अत्याधुनिक सुबिधा भएका सरकारी गाडीमा सरर्रर सरकारी शानले हिंड्ने गरेता पनि चिरिवावु भने पुरानाे गाडी चढ्छन । उनी अहिले महानगरको स्वामित्व रहेको रातो प्लेटको प्राइभेट नम्बर टोयोटाको पुरानो मोडल RAV4 मा हिंड्छन् ।

महानगरमा मेयरका लागि नयाँ गाडी किन्न एक करोड बजेट छुट्याइएको थियाे । तर उच्च विलासी गाडी चढ्नुभन्दा उनले महानगरपालिकामा आवश्यक दुईवटा सडक पखाल्ने पानी ट्यांकर गरे । उनले साठी लाखमा २ वटा ट्याङ्कर खरिद गरेको बताउँदै मेयर महर्जन अाफू त्यसमै सन्तुस्ट रहेको बताउँछन । मेयर महर्जन भन्छन, ”बाँकी रकममा अझै थप गरी फेरि अर्को ट्यांकर किन्छु । महानगरको आवस्यकता भन्दा नयाँ फजुल खर्च जरुरी छैन । कहिलेकाहिँ धकेल्नु पर्छ, तर फरक परेन ।”

हाल मेयर महर्जनले चढ्ने गरेको बा ४ च ७८५२ नंबरको टोयोटाको पुरानो मोडल RAV4 गाडी धेरै नै पुरानो हो । ननस्टपखबरसँगको कुराकानीमा उनी महानगरको आवस्यकता भन्दा नयाँ गाडी ठूलो नभएको बताउँछन् । मेयर महर्जनका सुरक्षा गार्ड हिराकाजी कार्कीका अनुसार यो गाडी पटकपटक बीच सडकमै बिग्रने गर्छ । गाडी बिग्रेका बेलामा मेयर महर्जन आफैले पनि पटक पटक ठेल्ने गरेको उनी बताउँछन् । उनले चढिरहेकाे पुरानो टोयोटा गाडी तत्कालिन ललितपुर नगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पालामा खरिद गरिएको गाडी हो ।

करोडौ को गाडी भन्दा पुरानै गाडी चड्छन् मेयर साब

करोडौ को गाडी भन्दा पुरानै गाडी चड्छन् मेयर साब

झीगु स: मंका स: ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಮೇ 3, 2019

Loading...