कांग्रेसकै २ समूहबीच ठूलो झडप, एक अर्काको कार्यालयमा तोडफोड

तनहुँ । नेपाली कांग्रेसका दुइ समूहबीच तनहुँमा फेरि झडप भएकाे छ । तनहुँ जिल्लाबाट कांग्रेस पार्टीका उपल्लाे तहमा पुगेका दुर्इ नेता रामचन्द्र पाैडेल र गाेविन्दराज जाेशी बीच लामाे समयदेखि निरन्तर अाराेप प्रत्याराेप र झडप समेत हुँदै अाएकाे छ ।

यसैक्रममा बुधवार नेता रामचन्द्र पाैडेल समूहका नेता कार्यकर्ताले जाेशीकाे एक कार्यालय नै ताेडफाेड गरेका छन् । कांग्रेसका पूर्व सहामन्त्री र पूर्व गृहमन्त्री समेत रहेका जोशीले तनहुँको व्यास नगरपालिका–२ मालपोत लाईनमा सम्पर्क कार्यालय स्थापना गरेका थिए। उक्त सम्पर्क कार्यालमा अर्का नेता रामचन्द्र पौडेल पक्षधरले बुधबार दिउँसो तोडफोड गरेका हुन्।

पौडेल पक्षधरले जोशीको सम्पर्क कार्यलयको व्यानर च्यात्नुका साथै कुर्सी समेत तोडफोड गरेका छन् । तनहुँमा लामो समयदेखि पौडेल र जोशी पक्षबीच मनमुटाव रहँदै गाएको छ। उनीबीच यसअघि पनि झडप र बादविवाद हुँदै आएको थियो।

गत संसदीय निर्वाचनमा जोशीले पौडेलको बागी उम्मेदवारी दिएपछि त्यो उत्कर्षमा पुगेको थियो। पार्टीले जोशीलाई कारबाही गरे पनि पूर्व सहमहामन्त्री र गृहमन्त्री समेत भइसकेको हुँदा तनहुँमा जोशीको राम्रै प्रभाव रहेको छ।

Loading...