प्रचण्डलाई दिइएको ड्राफ्टमा ‘मेरो सरकार’ पदावली किन हटाइएको थियो ?

आफूलाई थाहा नै नदिएर नीति तथा कार्यक्रममा मेरो सरकार लेखेको प्रचण्ड खुलासा, सत्तारुढ सांसदहरुमा व्यापक असन्तुष्टी

काठमाडौँ । संघीय प्रतिनिधि सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको एक शब्दावलीमाथि अहिले व्यापक चर्चा भइरहेको छ । त्यो शब्दावलीले नेपालमा राजतन्त्रकै झल्को दिएको भन्दै प्रतिपक्षी दलले संसदमा त्यसमाथि संशोधन प्रस्ताव समेत दर्ता गराइसकेका छन् ।

यो शब्दावली कसले किन प्रयोग गर्यो भन्ने बारेमा स्वयम सत्तारुढ दलभित्रै पनि खोजिको विषय बनेको छ । यसमाथि सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई थाहा नै नभएको समेत बताएका छन् । यतिसम्म खुलासा भएको छ कि यो शब्दावली अन्तिम समयमा आएर सुटुक्क थपिएको हो । यो कुराको खुलासा स्वयम पार्टी अध्यक्ष प्रचण्डले गरेका हुन् ।

शनिवार संदसीय दलको बैठकमा पार्टीका संसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले यसबारे आफूलाई केही थाहा नभएको र कसरी घुस्यो भन्नेबारे आफूलाई पनि आश्चर्य लागेको बताए । उनले संसद लिनु भन्दाअघि आफूलाई पढन दिइएको ड्राफ्टमा त्यो शब्दावली नभएको पनि उनले खुलासा गरेका छन् । संसदीय दलको बैठकले यस्तो खुलासा गरेपछि सत्तारुढ दलका सांसदहरु पनि चकित भएका छन् । आखिर त्यस्तो को मान्छे हो जसले गज्जपको बुद्धि लगाएर अन्तिम समयमा संसदमा छिर्नु अघि मेरो सरकार भन्ने शब्दावली थपेर नीति तथा कार्यक्रमको अन्तिम रुप दियो त ?

सत्तारुढ दलका सांसदहरुले भने प्रधानमन्त्री ओलीले के आवश्यकता देखेर यस्तो शब्दावली हाल्न सहमति जनाए भन्ने प्रश्न पनि गरेका छन् । उनीहरुले यो शब्दावली नराखेर नेपाल सरकार वा सरकार भन्ने पदावीले मात्र राख्न किन राम्रो मानेनन र जसरी पनि मेरो सरकार भन्ने शब्दावली नै प्रयोग गर्न लगाए भन्ने प्रश्न पनि गरेका छन् ।

शनिबार सिंहदरबारमा रहेकाे नेकपाकाे संसदीय दलको कार्यालयमा बसेकाे दलको औपचारिक बैठक बस्नुअघि सांसदहरुले प्रचण्डसमक्ष यस विषयमा सोधे । जवाफमा प्रचण्डले यस विषयमा आफूलाई जानकारी नभएको मात्रै बताएनन् आफूलाई दिइएको प्रतिमा ‘मेरो सरकार’ उल्लेख नभएको खुलासा गरे ।

‘मैले राम्रोसँग हेरको हुँ । मैले पढ्दा ‘मेरो सरकार’ थिएन । पछि कहाँबाट घुसाइयो । म भन्न सक्दिनँ’, प्रचण्डले भने । प्रचण्ड बोल्दाबोल्दै प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली प्रवेश गरेका थिए । त्यसपछि ओलीले याये संसारभरको प्रचलन भएको भन्दै राष्ट्रपतिको बोलीको बचाउ मात्र गरेनन् यसका विरुद्ध नबोल् सांसदहरुलाई सचेत गराए ।

उनले आफ्नो भनाइ राखिसकेपछि सांसदहरुले यसबारे धारणा राख्न हात उठाए पनि ओलीले समय दिएनन् । ‘मेरो सरकार’ शब्दावलीप्रति धारणा माग गर्न समय मागेका सांसदहरुलाई ओलीले बोल्न रोकेका हुन् ।

सांसदहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्रीले बोल्न समय माग गरेका थिए । राष्ट्रपतिले प्रयोग गरेको शब्दावलीमाथि छलफल हुनुपर्ने उनीहरुको माग थियो ।

तर, ओलीले ‘मेरो सरकार’ शब्दावलीको विषयमा बोल्न सांसदहरुलाई रोक लगाइदिएका छन् । शुक्ररबा संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार नै संसदीय दलको बैठक बसालेर संशोधन गर्दा गराउने निर्णय गरिसकेको छ । उसले मेरो सरकारको सट्टटा नेपाल सरकार लेख्न माग गर्दै संशोधन दर्ता गर्ने भएको हो ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पत्रकार बाेलाएर नीति तथा कार्यक्रममा परेकाे मेराे सरकार भन्ने शब्दावलीकाे बचाउ गरेका छन । शनिवार प्रम अाेलीले बालुवाटारमा पत्रकारसमक्ष नीति तथा कार्यत्रमले लिएका मुख्य उद्देश्यहरु पाँच मिनेटमा बताएपछि पत्रकारहरुलाई प्रश्न गर्न समय दिएका थिए। त्यसपछि उनले एकघण्टा प्रश्नोत्तरमा बिताए। सबै भन्दा बढी उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले गरेको ‘मेरो सरकार’ भन्ने सम्बोधनको बचाउमा तर्क गरे। अन्तर्राष्ट्रिय प्रचलनहरुलाई हेर्दै नहेरी बौद्धिक जमात र सञ्चारमाध्यमले टिप्पणी गरेकोमा आफूलाई आश्चर्य लागेको उनले बताए।

‘२१ औं शताब्दी। सञ्चार सुविधाको यत्रो पहुँच हुँदा पनि राष्ट्रपतिले मेरो सरकारको भनेको आजको नेपालमा टीकाटिप्पणी हुन्छ। अलिकति दुनियाँ पनि थाहा पाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने,‘राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकार भन्ने? कि निबन्ध जसरी पढ्ने? हाम्रो मानसिकता निरन्तर दरिद्र मात्र हुनुपर्ने हो? ’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको कुरा आफूले ‘पपुलिष्ट’ हुनका लागि नगरेको दाबी गरे। कुनै पनि क्षेत्रको भ्रष्टाचार आफूले अन्त्य गर्ने र त्यसका लागि नै काम गर्दा अहिले विगतका भ्रष्टाचारका कुराहरु खोतलिइरहेको उल्लेख छ।

प्रधानमन्त्री ओलीले सरकारको वार्षिक बजेटमा पार्न भनेर हालै प्रधानमन्त्रीको तर्फबाट योजना आयोगमा पठाएको चिठ्ठीको सम्बन्धमा पनि अाफ्नाे बचाउ गरे । २०५१ सालमा गृहमन्त्री भएपछि आफूले निर्वाचन क्षेत्र, जिल्ला केन्द्रित राजनीति छोडेर राष्ट्रिय राजनीतिमा मात्र चासो राखेको उनले दाबी गरे।

अहिले पठाएको भनिएको पत्र स्वकीय र निजी सचिवालयको कमजोरीका कारण आफ्नो जानकारी बेगर राष्ट्रिय योजना आयोगमा पुगेकाले त्यसलाई सच्चाइएको र संलग्नलाई सचेत गराइएको जानकारी दिए। ‘म नै योजना आयोगको अध्यक्ष हो, त्यसैले उपाध्यक्षकहाँ निवेदन हाल्ने जानुपर्छ?’ उनले भने,‘मेरो जानकारी बेगर यो काम भएकाले सचेत गराइएको छ। अब यो ‘डेड इस्यू’ भइसक्यो, यसलाई नै थप खोतल्न जरुरी छैन।’

Loading...