गौचन हत्या छानविनका लागि गठित समितिको संयोजक दुर्इ दिनमै किन फेरियो ?

काठमाडौं, २४ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्याकाे छानविन गर्न गठित समितिकाे संयाेजक परिवर्तन गरिएकाे छ । सोमबार दिउँसो राजधानीको बानेश्वर रहेकाे घर नजिकै कारमा गइरहेका बेला गाैचनकाे अज्ञात समूहले गाेली हानी हत्या गरेकाे थियाे । उनकाे हत्याकाे छानविन गर्न सरकारले एसएसपी शेरबहादुर बस्नेतकाे संयाेजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेकाे थियाे […]

एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने

काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले […]

यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या

काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्‌यो । गाडीको अगाडीको सिसामा प्वाल पर्‍यो । चालकले […]

राजधानीमा दिउसै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या

काठमाडाैं, २३ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई राजधानीमा दिन दहाडै गोली हानी हत्या गरिएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौंको शान्तिनगरमा आज दिउसो गोली प्रहार गरिएको हो । गोली लागेर गम्भीर घाइते भएका गौचनलाई तत्काल नजिकै रहेको निजामति अस्पताल लगिएको थियो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचार गर्दा गर्दै उनको निधन भएको हो । […]

एमालेसँग एकीकरण गर्नु हाम्रो बाध्यता : प्रचण्ड

काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग पार्टी एकताको अभियान थाल्नु बाध्यता भएको बताएका छन् । साथै उनले यो राष्ट्रिय आवश्यकता र समयको माग पनि भएको दावी गरेका छन् । सबै वामपन्थी शक्ति एकै स्थानम उभिएर मात्र राष्ट्रको आवश्यकतालाई सम्वोधन गर्न सकिने बोध भएर यस अभियान तर्फ अघि […]

खारेज हुने भयो भारतसँगको विवादास्पद १९५० को सुगौली सन्धी

काठमाडाैं, २२ असाेज । नेपाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो । सन्धिको दफामा जेसुकै रहे पनि यो सन्धि यही रूपमा नरहनेमा दुवै […]

अमेरिकाले उत्तर कोरिया नजिकै पुर्यायो अत्याधुनिक बमबर्षक विमान

एजेन्सी । अमेरिकाको बमबर्षक विमानले उत्तर कोरिया नजिकै उडान भरेको बताइएको छ । पेन्टागनले सो कुराको दाबी गरेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकी प्रवक्ता डाना ह्वाइटले उक्त उडान ‘राष्ट्रपतिसँग कुनै पनि खतरासँग जुट्नका लागि थुप्रै विकल्प रहेको’ भनी दर्साउनका लागि गरिएको बताएकी छिन् । केही समय यता उत्तर कोरिया र अमेरिकाबिच वाकयुद्ध निकै तिखो […]

अखाद्य मिठाइ बेच्ने आँगनको कमलपोखरी बिक्रीकेन्द्रमा नेकपाको आक्रमण

काठमाडौं, ७ असोज । अाँगन ब्रान्डकाे एक बिक्री केन्द्रमाथि नेपाल कम्युनिस्ट पार्टीले ताेडफाेड गरेकाे छ । अाँगन ब्रान्डका मिठाइमा अखाद्य बस्तु बढी प्रयाेग हुने गरेकाे र साे विषयमा पटक पटक सचेत गराउँदा पनि गुणस्तरमा सुधार नगरिएकाे भन्दै साे पार्टीले कारवाही गरेकाे जनाएकाे छ । काठमाडाैंकाे कमलपाेखरीमा रहेकाे अाँगनकाे बिक्रीकेन्द्रमा नेकपाकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी […]

सिद्धबाबामा पहिरोमा किचिएर कार र ट्रकका चालकसहित ३ को मृत्यु

रुपन्देही, ७ असाेज । बुटवलबाट पाल्पा जाने सडककाे सिद्धबाबा नजिक पहिराे खसेर तीन जनाकाे मृत्यु भएकाे छ । सिद्धबाबा क्षेत्रकाे भिरालाे ठाउँमा माथिबाट खसेकाे पहिराेमा परी एउटा ट्रक र एउटा कार नराम्ररी किचिएका छन् । कारमा च्यापिएका दुर्इ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । बुटवल-पाल्पा सडकको सिद्धबाबा खसेकाे पहिराेमा परी एक जना घाईते भएका छन् […]

नेपाली रेल : बिहान काँकडभिट्टामा चिया, गड्डाचौकीमा भात !

Train

पूर्व पश्चिम रेल छुकछुक  गुडेको सपना देखे ……. चलचित्र छक्कापञ्जाको यो गीत युट्युबमा झण्डै दुई करोड पटक हेरिएको केही नेपाली गीतमध्ये पर्छ । गीतमा भनिएझैँ नेपालीका लागि रेल अझै पनि सपनाकै विषय हो । विश्वका दुई सर्वाधिक रेल्वे नेटवर्क भएका मुलुक भारत तथा चीनको बीचमा रहेर पनि नेपाल रेल सुविधाविहीन मुलुक हो । ९० वर्ष […]