हेर्नुस् बडादशैंसँग सम्बन्धित साइतहरू

२०७७ सालको बडादशैं नजिकिएसंगै नेपाल पन्चाङ्ग निर्णायक समितिले साइतहरुबारे निर्णय लिएको छ । समिति पदाधिकारीहरुको बैठकले साइतबारे आधिकारिक निर्णय लिएको हो । नेपाल पन्चाङ्ग निर्णायक समिति श्रोतका अनुसार यो साल बडादशैंको टीका लगाउने साइत कार्तिक १० गते सोमवार, बिहान १० बजेर १९ मिनेट जाँदा शुभ साइत रहेको छ । श्रीतुलजाभवानी यात्रा बिहान ८:४७ बजे,स्थिरासन बिहान […]

केन्द्रमा सरुवा मागेर आउने वातावरण बनाअैां : महानिर्देशक अर्याल

सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् ।   उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका कर्मचारीहरुले महानिर्देशक अर्याललाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रममा ३ महाशाखा र १७ शाखा […]

प्राज्ञिक क्षेत्रलाई बजारजस्तो बनाउन हुँदैन : बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मार्गनिर्देशन कार्यक्रमलाई जूम (अनलाइन) मार्फत सम्बोधन गर्दै उनले शिक्षक तथा कर्मचारीहरू सस्कारयुक्त हुनुपर्ने आश्यकता औल्याएका हुन् । […]

देशभर थपिएका मध्ये दैनिक आधा बढीका दरले उपत्यकामा कोरोनाका संक्रमित थपिँदै

काठमाडौं, १० असोज । नेपालमा प्रत्येक दैनिक थपिने काेराेना भाइरसका संक्रमित मध्ये आधाभन्दा बढी आधा काठमाडाै उपत्यकाका हुने गरेका छन् । कूल संख्याका करिव आधा संख्या त काठमाडाै जिल्लामा नै हुने गरेका छन् । राजधानी उपत्यका खासगरी काठमाडाै जिल्ला काेराेना भाइरसका संक्रमितले लगातार भरिरहँदा मानिसहरु भने दैनिक कामकार्यमा निस्कन छाडेका छैनन् । यसैक्रममा शनिवार पनि […]

पीसीआर टेस्ट घट्यो तर फेरि थपिए एकै दिन ११५४ संक्रमित

काठमाडौं, ५ असोज। पीसीआर परीक्षण घटे पनि नेपालमा काेराेनाकाे संक्रमण भने घटेकाे छैन । साेमवार मात्र नेपालमा ११५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमण काठमाडाै उपत्यकामा नै देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा साेमवार ६७४ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमात्र ५३८ जना रहेका […]

आफ्ना पक्षमा प्रदर्शन नगर्न भन्दै कुलमान घिसिङले निकाले विज्ञप्ति

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्। विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँसहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्। तर कुलमान घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन […]

शुक्रबार भेटिए अहिलेसम्मकै बढी २०२० संक्रमित

काठमाडौं, २ असाेज । नेपालमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । लकडाउन खुकुलाे बनाएर लामाे दुरीका सार्वजनिक यातायात समेत खुल्ला गरिए लगत्तै संक्रमणले २ हजार संख्या नाघेकाे हाे ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार २०२० जना नयाँ संक्रमित भेटिएकाे जानकारी दिएकाे हाे । पछिल्लो २४ घण्टामा ११४५८ वटा पीसीआर परीक्षणमा गरिएकाेमा २०२० संक्रमित भेटिएका […]

देशभर संक्रमण दर केही घटे पनि काठमाडौ उपत्यकामा भने एकै दिन ३२६ संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडाैं उपत्यकामा अझै काेराेनाकाे संक्रमणकाे दर अझै कम भएकाे छैन । साेमवार पनि काठमाडौं उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण देखिएकाे छ । उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण हुँदा देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । तुलनात्मक रुपमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा संक्रमण दर घटे पनि काठमाडौं उपत्यकामा भने बढिरहेको […]

देशभर १३५९ नयाँ संक्रमित थपिँदा उपत्यकामा मात्र भेटिए ४५४ कोरोना संक्रमित

काठमाडौं, १९ भदौ । शुक्रबार काठमाडौं उपत्यकामा ४५४ जना नयाँ संक्रमित थपिएका छन् । साथै देशभर अहिलेसम्मकै बढी १३५९ जना संक्रमित भेटिएका छन् । यसले नेपालमा काेराेना भाइरसकाे संक्रमण दिनप्रतिदिन बढिरहेकाे देखाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा थपिएका ४५४ मध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन । काठमाडाैंमा ३८६ जना नयाँ […]

काठमाडौं उपत्यकामा ४८१, देशभर अहिलेसम्मकै बढी १०६९ नयाँ संक्रमित थपिए

काठमाडौं, १६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ४८१ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडाै जिल्लामा सबैभन्दा बढी काेराेना संक्रमित थपिएका छन् । साथै देशभर मंगलबार सबैभन्दा बढी १०६९ जना काेराेनाका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका उपत्यकामा भेटिएका ४८१ नयाँ संक्रमित मध्ये काठमाडौं जिल्लामा ३९३, ललितपुरमा […]