मिति सकिएको खाद्यबस्तुमा नयाँ मिति टासी बिक्रि बिबरण गर्ने संचालक र कर्मचारी पक्राउ , गोदाम सिल

 
 
असोज १५ ,काठमाडौँ ।   महानगरीय अपराध महाशाखाले मिति सकिएको Date expired भएका बिभिन्न खाध्य सामाग्रीहरुमा नयाँ मिति टाँस गरि बिक्रि वितरण गर्ने गिरोह लाइ नियन्त्रणमा लिएको छ।
 
महाशाखालाई प्राप्त बिषेश सूचना तथा निगरानीको आधारमा बिहीबार काठमाण्डौ उपत्यकाको कंलकी र बाफल क्षेत्रमा रहेको कारखाना तथा गोदाम सिल गरि संलग्न आठ जनालाई नियेंत्रनमा लिएको महाशाखाले जनाएको छ। उक्त कारखानामा मिति सकिएको Date expired भएका बिभिन्न खाध्य सामाग्रीहरु Oreo बिस्कुट, snickers चक्लेट, Bourn vita, Pringles, Uniliver कम्पनीका उत्पादनहरु समेत स्टीकर मेसिनद्धारा नयाँ मिति लेभलिङ गरी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा असर पार्ने कार्य गरेकाे अभियाेगमा उनीहरु पक्राउ परेका हुन् ।
 
उक्त कार्य भईरहेको जानकारी प्राप्त भए अनुसार बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी र महाशाखा समेतको संयुक्त अनुसन्धान टोलीले शंकास्पद कम्पनी तथा गोदामहरु समेतमा अनुसन्धान गरि कलंकी लिङकरोडमा रहेको तीनतल्ले घर आयन डिस्टिब्युटर्स प्रा लि का संचालक रौनक बोथ्रालाइ नियन्त्रणमा लिइएको छ। भाडामा लिएको सम्पूर्ण घरका कोठाहरुमा गोदाम गरी राखेको Date expired भएका बिभिन्न खाध्य सामाग्रीहरु रिलेभलिङ गर्ने, स्टीकर बनाउने मेसिन समेत प्रहरीले बरामद गरेको छ। संलग्न संचालक तथा कामदार र सवारी साधनहरु समेत आवश्यक अनुसन्धान कारवाहीको लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाण्डौमा पठाईएको अपराध महाशाखाले जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिहरु –
१. जिल्ला झापा चन्द्रगढि न.पा.वडा न. चन्द्रगढि घर भई हाल का.जि.पुतलीसडक न्यूप्लाजा वस्ने सतनारायण अग्रवालको छोरी शंकरलाल अग्रवालको श्रीमती बर्ष ६३ की पुष्पादेबी अग्रवाल ।
२. भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नं.१३ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१३ बाफल बस्ने मागोलाल बोथ्राको छोरा बर्ष ३५ को रोनक बोथ्रा ।
३. जिल्ला रौतहट गौर न.पा.वडा नं.३ मजकुटिया घर भई हाल का.जि.बल्खु बस्ने मौजिलाल ठाकुरको छोरा बर्ष २७ को मुन्ना ठाकुर ।
४. ऐ.ऐ.घर भई हाल ऐ.ऐ बस्ने मौजिलाल ठाकुरको छोरा बर्ष २७ को पप्पु कुमार ठाकुर ।
५.जिल्ला महोत्तरी भग्राम न.पा.वडा नं.४ बनरा घर भई हाल का.जि.कपुरधारा वस्ने आसाराम सिंहको छोरा बर्ष ४३ को श्याम प्रसाद सिंह ।
६. जिल्ला धादिङ गल्छी गा.पा.वडा नं.३ कल्लेरी घर भई हाल का.जि.कुलेश्वर वस्ने कान्छा वयलकोटीको छोरा बर्ष २६ को राम बहादुर बयलकोटी ।
७. जिल्ला धादिङ निलकण्ठ न.पा.वडा नं.६ जल्केनी घर भई हाल का.जि.कंलकी बस्ने बुदे उपरकोटीको छोरा बर्ष १८ को सिताराम उपरकोटी ।
८. जिल्ला धादिङ सिद्धलेख गा.पा.वडा नं.४ भेडावारी घर भई हाल का.जि.बाफल बस्ने गुन्ज बहादुर थापामगरको छोरा बर्ष २४ को दिलिप थापामगर ।
सवारीसाधन :- बा.२०.च.१०९, बा.१६.च.५७०४ र बा.१९.च.४९०५ नं. को गाडीहरु ।

 
 
Loading...