२४ घन्टामा नेपालमा थपिए ८८४ संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार नियमित प्रेस ब्रिफिङ गर्दै साे जानकारी दिएकाे हाे । स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले प्रेस विफिङमा देशभर गरेर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष […]

प्रमुख दलहरु विदेशी जासुस र पञ्चहरुको कब्जामा : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले २२ हजार भन्दा बढी नेपालका सरकारी कर्मचारीहरु भारतको पनि तलब लिएर देशघाती कार्य गरिरहेको आरोप लगाएका छन् । नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘राज्यस्तरबाट रचित भक्तपुर काण्ड’ विषयक प्रवचन कार्यक्रमलाई अनलाइन जुममार्फत सम्बोधन गर्दै उनले उक्त आराेप लगाएका […]

भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा राती करिब १० बजे उनले ज्यान गुमाएकी हुन् । अस्पताल श्रोतले भने अस्पताल आइपुग्नु अघि नै उनले ज्यान गुमाएकी जिकिर […]

आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा. गौतमका अनुसार प्रदेश १ को झापामा ४ महिला र ६ पुरुष गरी […]

माधव नेपालको सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना

काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेपाल कम्यनुिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हाे । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने […]

संक्रमणदर सबैभन्दा बढी राजधानीमा, फेरि थपिए १७२ संक्रमित

काठमाडौं‌, ३२ साउन । राजधानी काठमाडौंमा देशभरमा सबैभन्दा बढी संक्रमित लगातार देखिएका छन् । कोरोना भाइरसको संक्रमण दर पछिल्लो समय काठमाडौं उपत्यकामा छ । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका हुन् । यसअघि शनिवार काठमाडौंमा १२७ जना संक्रमित भेटिएका थिए । त्यसमध्ये काठमाडौं […]

प्रहरीले सम्हाल्न नसकेपछि लकडाउन कार्यान्वयन गर्न विरगञ्जमा सेना परिचालन

काठमाडौं, ३२ साउन । समुदायस्तरमै काेराेना फैलिएपछि लगाइएकाे लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि पर्साकाे सदरमुकाम विरगञ्जमा सेना परिचालन गरिएकाे छ । जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गर्ने निर्णय गरेकाे हाे । नेपाल प्रहरी मात्र प्रयाप्त नभएकाे निष्कर्षमा पुगेर सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णयमा पुगेकाे बताइएकाे […]

ग्राहक बसालेर खुवाउने होटल रेस्टुराँ व्यवसायीहरुलाई १ महिना कैद !

होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो । कोभिड १९ को उपत्यकामा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर प्रशासनले कठोर कदम उठाउने आन्तरीक तयारी गरेको सूचना प्राप्त भएको छ […]

गोंगबु हत्याकाण्डमा सम्लग्न महिलालाइ प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले गरेको अनुसन्धानको आधारमा चितवनको टाढी, माधवपुरबाट ३७ बर्षिया कल्पना मुडभरी (पौडेल) लाइ पक्राउ गरि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक […]

उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द

काठमाडौँ । काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले तीन साताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले उक्त निर्णय गरेको हो। भदौ १५ गतेसम्मका लागि ती सेवाहरु बन्द रहनेछन्। सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव […]