संक्रमणदर सबैभन्दा बढी राजधानीमा, फेरि थपिए १७२ संक्रमित

काठमाडौं‌, ३२ साउन । राजधानी काठमाडौंमा देशभरमा सबैभन्दा बढी संक्रमित लगातार देखिएका छन् । कोरोना भाइरसको संक्रमण दर पछिल्लो समय काठमाडौं उपत्यकामा छ ।

पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका हुन् । यसअघि शनिवार काठमाडौंमा १२७ जना संक्रमित भेटिएका थिए । त्यसमध्ये काठमाडौं जिल्लामा मात्र ८० जना संक्रमित भेटिएका थिए । आइतबार पनि उपत्यकाका तीन जिल्लामा १७२ जना संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् । संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

Loading...