प्रहरीले सम्हाल्न नसकेपछि लकडाउन कार्यान्वयन गर्न विरगञ्जमा सेना परिचालन

काठमाडौं, ३२ साउन । समुदायस्तरमै काेराेना फैलिएपछि लगाइएकाे लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि पर्साकाे सदरमुकाम विरगञ्जमा सेना परिचालन गरिएकाे छ ।

जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गर्ने निर्णय गरेकाे हाे । नेपाल प्रहरी मात्र प्रयाप्त नभएकाे निष्कर्षमा पुगेर सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णयमा पुगेकाे बताइएकाे छ ।

विरगञ्जमा साउन १८ देखि लकडाउन गरिएकाे थियाे । तर, लकडाउन प्रभावकारी नभएका कारण काेराेनाकाे संक्रमण फैलिने क्रम जारी छ । काेराेना फैलिने क्रम नराेकिएकाे र लकडाउनमा पनि मानिसहरुकाे आवत जावत नराेकिएपछि आइतबारदेखि नै सेना परिचालन गर्ने निर्णय गरिएको छ र लकडाउन भदौ १३ गतेसम्म जारी रहनेछ निर्णय गरिएकाे छ।

काेराेना संक्रमण बढ्दै गएपछि वीरग‌ंज महानगरपालिकामा साउन १० देखि नै लकडाउन गरिएकाे थियाे भने १८ गतेदेखि पर्सा जिल्लाभर निषाेधाज्ञा गरिएकाे हाे। जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगार्थ सेना परिचालन गरेकाे जनाएकाे छ।

Loading...