माधव नेपालको सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना

काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेपाल कम्यनुिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हाे । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिए ।

उनीहरुको गत बिहीबार स्वाब संकलन गरिएको थियो । शुक्रबार राति स्वाब परीक्षणकाे रिपोर्ट आएको थियो । संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले बताए ।

Loading...