नाभाल्नीलाई उपचारका लागि जर्मनी लान रुसी चिकित्सकहरु सहमत

एजेन्सी । विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार गरिरहेका रुसी डाक्टरहरु उनलाई जर्मनी जान दिन सहमत भएका छन्।

विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका रुसी सत्ताका आलोचक नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए ।

तर अहिले उनीहरु नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएको बिबिसीले जनाएको छ।

नाभाल्नीको साइबेरियन शहर ओम्स्कमा उपचार भइरहेको छ । डाक्टरहरुले सुरुमा गम्भीर स्वास्थ्य अवस्थाका कारण उनलाई अर्को कुनै स्थानमा लैजान सक्ने स्थिति नरहेको बताएका थिए ।

स्वास्थ्य सागम्रीले युक्त विमान नाभाल्नीलाई उपचारका लागि जर्मनी लैजान तयारी अवस्थामा छ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् ।

भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी उडानको क्रममा बिरामी परेका थिए । उनी बिरामी परेपछि विमानले ओम्स्कमा आपतकालीन अवतरण गरेको थियो ।

४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन् । गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए । सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गरेका थिए

Loading...