रामेछाप कारागारमा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप, तीनजनाको मृत्यु

रामेछाप । जिल्ला कारागार रामेछापमा कैदीबन्दी र सुरक्षाकर्मीबीच भएको झडपमा तीनजना बन्दीको मृत्यु भएको छ । आज बिहान कारागार तोडेर भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको बताइएको छ । घटनामा १३ जना घाइते भएको जनाइएको छ । उनीहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । ग्यास सिलिण्डर पड्काएर विस्फोट गराउने प्रयास सुरक्षाकर्मीले थाहा […]

जेनजी आन्दोलन अग्रगमनको अवसर, प्रतिगमन अस्वीकार्य : प्रचण्ड

Prachanda

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले हालै भएको जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, उनले आन्दोलनका क्रममा भएका हत्या र हिंसात्मक घटनाको उच्चस्तरीय छानबिन हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार प्रेषित विज्ञप्तिमा प्रचण्डले आन्दोलनमा सहादत प्राप्त युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको […]

शिवपुरीबाट निवर्तमान प्रधानमन्त्री ओलीले जेनजीलाई पठाए पत्र

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । जेनजीलाई सम्बोधन गर्दै उनले लेखेको भनिएको पत्रमा सो टिप्पणी गरिएको हो । पढ्नुस् एभरेस्ट न्यूज एजेन्सीले उपलब्ध गराएको ओलीको पत्र प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई […]

टोपबहादुर रायमाझी पनि कारागारबाट फरार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्। सुन्धारा कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्। कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीन/ चार सय जना कैदीबन्दी छन्। कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्। अन्य कतिपय […]

वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

काठमाडौं । निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ । निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडान पूर्ववत् सञ्चालनमा आउने जनाएका […]

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै मुलुकको विषम परिस्थितिका कारण विमानस्थल सञ्चालनमा समस्या भएकाले बन्द गरिएको जनाएको छ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवाका कारण विमानको […]

महाराजगञ्जमा मृत्यु भएका असईसहित ३ जना प्रहरीको परिचय खुल्यो

काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा ३ जनाको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापा छन् । जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी […]

संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक : प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल भइरहेको आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको प्रहरीले स्पष्ट पारेको हो । अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमा यस्तो खालको भ्रम फैलाइएको […]

आज पनि देशभर निषेधाज्ञा र कर्फ्यु, नेपाली सेनाद्वारा सहयोगको अपिल, बिज्ञप्तिसहित

काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ। नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ […]

गौर कारागारबाट भागेका ३४ कैदी पक्राउ, सयौँ अझै फरार

रौतहट। जेनजी आन्दोलनका कारण दिनभर तनावग्रस्त बनेको रौतहटको सदरमुकाम गौरस्थित कारागार मंगलबार राति रणभूमि बनेको छ। कारागारमा भएको हुलहुज्जतपछि सयौँ कैदी भाग्न सफल भएका हुन्। सुरक्षाकर्मीले प्रारम्भिक अवस्थामा ३४ जनालाई नियन्त्रणमा लिन सफल भए पनि अझै धेरै कैदी फरार रहेको पुष्टि भएको छ। गौर कारागारमा २९१ कैदीबन्दी रहेका थिए। तीमध्ये २४ जना बाहेक सबैले कारागार […]