काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् । आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुन: कारागार पठाउन लागेको जिकिर गरेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटससहित एक भिडियो सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् । […]
फ्लास न्यूज
अनेरास्ववियु अध्यक्षबाट राजीनामा दिएका डा. कडरिया कार्यालय फर्कन खोजेपछि कार्यकर्ताले जलाए नेमप्लेट
काठमाडौँ । संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन्। अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार उनको फोटोसमेत तोडफोड गरेका छन्। जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४ गते राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको गोली लागि २४ जना युवा–विद्यार्थीको […]
सिंहदरबारभित्र सफाइ र क्षतिको विवरण संकलन सुरु
काठमाडौँ । हालै भएको ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु गरिएको छ। शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा लागेका छन् भने महत्वपूर्ण फाइल र सामानहरू सुरक्षित गर्ने काम पनि थालिएको छ। आन्दोलनका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका परिसरमा रहेका सवारीसाधनहरू समेत ध्वस्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई सन्देश
काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिएकी छन् । संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ । ‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली […]
मध्यरातमा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने
काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् । जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेकी कार्कीको प्रतिनिधिसभाको विघटन गर्न सिफारिस गरेकी हुन् । त्यसैगरी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति […]
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, राष्ट्रपतिले भने– देश बचाउनुस्
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो […]
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की
काठमाडौँ । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । पहिलो प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् । यसपटक सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका तीनवटै अंग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो […]
प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास […]
जलिरहेको धरानको भाटभटेनीमा चार जनाको शव भेटियो
विराटनगर। जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ । मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन […]
प्रहरीले माग्यो जेनजी प्रदर्शन क्रममा भएको तोडफोड र आगजनीको फोटो तथा भिडिओ
काठमाडौँ । नेपाल प्रहरीले जेनजीको प्रदर्शन क्रममा भएका तोडफोड, आगजनीजस्ता उच्छृंखल गतिविधिको तस्बिर र भिडिओ मागेको छ। प्रहरीले शुक्रबार सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडिओ भए उपलब्ध गराउन आग्रह गरेको हो। प्रहरीले सामाजिक सञ्जामा सार्वजनिक भिडिओबाट अनुसन्धान गर्नेछ। त्यसबाहेक त्यस्ता गतिविधीहरूको भिडिओ भए प्रहरीले इमेलमा पठाउन भनेको हो। त्यस्ता […]










