निर्वाचनपछि संसद बैठक पुतली बगैँचामा निर्माणाधीन नयाँ भवनबाटै सञ्चालन हुने

काठमाडाैँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरमै रहेको पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ्चालन गरिने भएको छ।  संसद सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार सरकारले निर्वाचनपछिको संसद सञ्चालनका लागि सो भवन उपलब्ध गराउने जानकारी सचिवालयलाई गराइसकेको छ। आइतबार प्रवक्ता गिरीले निर्माणाधीन संसद भवन परिसरमा रहेका […]

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैन- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै संयोजक प्रचण्डले हजारौं सहिदको सपना पूरा गर्न आफूले संघर्ष गरिरहेको बताएका हुन्। ‘धेरैलाई लाग्न सक्छ- म र मजस्ता पुराना नेताहरू एउटै हुन्। तर म […]

सरकारको ‘ट्राभल एड्भाइजरी – इरान जाने योजना नबनाउनू, त्यहाँ रहेका पनि देश छाड्नू

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली र त्यसतर्फ जानेहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ। आइतबार मन्त्रालयले पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजरमा राखेर सामान्य अवस्थामा नफर्किँदासम्म इरान जाने योजना नबनाउन अनुरोध गरेको छ। त्यस्तै कामको सिलसिलामा इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि यथाशक्य चाँडो फर्किन पनि अनुरोध गरेको छ। ‘पछिल्लो घटनाक्रमलाई मध्यनजरमा राखेर नेपाली नागरिकहरूलाई अवस्था […]

निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग हतियार सापटी मागेको छ। निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्ने सर्तमा जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए। उनका अनुसार प्रहरीले सेनासँग २ हजार ८ सय थान पेस्तोल माग गरेको छ, जसलाई सेनाले स्वीकृत गरिसकेको छ। […]

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञलाई झिकाउन अदालतको आदेश

काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्धको राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषज्ञलाई झिकाउने आदेश जारी गरेको छ । शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप सम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीश […]

पत्रकार दिनेश सिटौलाको निधन, शव पोष्टमर्टमका लागि टिचिङ अस्पताल लैजाने तयारी

काठमाडौँ । पत्रकार दिनेश सिटौलाको निधन भएको छ। आइतबार मध्याह्न १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। ‘चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ […]

अमेरिकासँग वार्ता गर्न इरान तयार, ट्रम्पको धम्कीले तनाव कायमै

काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीले अमेरिका र इरानबीच वार्ताका लागि संरचना निर्माणको काम अघि बढिरहेको बताएका छन् । खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेका बेला यस्तो इरानका उच्च अधिकारीबाट सो अभिव्यक्ति आएको हो । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘मिडियामा सिर्जना गरिएको कृत्रिम युद्धको माहोलभन्दा फरक […]

सहारा क्लब पोखराले आहा रारा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसन गर्ने

पोखरा । सहारा क्लब पोखराले यो वर्ष आहा रारा पोखरा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसन गर्ने भएको छ । प्रतियोगिताको २५ औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म हुँदैछ ।  पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा स्थापित गर्ने उद्देश्य बोकेको फुटबल प्रतियोगिताको २५ औँ संस्करणमा पुरस्कार राशि थपिएको छ भने रातको समयमा फ्लडलाइटमा खेल हुने भएको […]

आजको मौसम : यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ […]

कांग्रेसले युवाहरू विदेश जान नपर्ने वातावरणमा बनाउँछ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौं ४ मा शनिवार भएको कार्यक्रममा बोल्दै नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने वातावरण बनाउने बताए। उनले भने, ‘नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ । काठमाडौंका फुटपाथमा सामान […]