प्रधानमन्त्री कार्कीको खुलासा : महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको खुलासा गरेकी छिन ।  सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन् । ‘जहाँसम्म पुनजी (महाविर पुन) को कुरा छ, उहाँ त रिसाएरै […]

सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो । आइतबारको तुलनामा नेप्सेमा कारोबार रकम अझै घटेको छ । आइतबार ९ अर्बभन्दा बढी रहेको कारोबार रकम सोमबार घटेर ८ अर्ब २२ […]

रास्वपा जुम्ला उपसभापति शाही कांग्रेस प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। आइतबार आयोजित एक कार्यक्रमबीच उपसभापति शाही कांग्रेस प्रवेश गरेकी हुन्। चन्दननाथ नगरपालिका ५ की बासिन्दासमेत रहेकी शाहीलाई पार्टीमा कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्काले स्वागत गरेकी छन्। शाही कांग्रेस छाडेर रास्वपा गएर उपसभापति बनेकी थिइन्। विशेष महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको अवस्थामा […]

प्रतितोला १३ हजार ४ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यको गिरावटले सोमबार पनि निरन्तरता पाएको हो। आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ सोमबार (आज) प्रतितोला १३ हजार ४ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा […]

अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुन्छ – इरानी सर्वोच्च नेता खामेनी

काठमाडौं । इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् । इरान वरपरको क्षेत्रमा अमेरिकाले सैन्य टोली तैनाथ गरिरहेका बेला खामेनीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी […]

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन– २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, विकास, आर्थिक मामिला […]

एपस्टिनसँग सम्बन्ध रहेको आरोप लागेपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेताले दिए राजीनामा

काठमाडौँ । बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ दस्तावेजहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेता पिटर म्यान्डेलसनले राजीनामा दिएका छन्। एपस्टिनसँग उनको सम्बन्धबारे प्रश्न उठेपछि म्यान्डिलसनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनले पार्टीलाई थप लज्जित बनाउन नचाहेकाले आफूले राजीनामा दिने निर्णय […]

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठमा विशेष समारोह, टोकियो पुगे राष्ट्रपति पौडेल

टोकियो । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट प्रस्थान गरेका राष्ट्रपति पौडेल सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। विमानस्थलमा उनलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा तथा जापानका […]

अस्वीकार र झूटको शृङ्खला : अन्तत: इजरायलद्वारा गाजामा ७० हजारको मृत्यु भएको स्वीकार

प्रियंका शंकर । इजरायलले गाजामा दुई वर्षभन्दा बढी समयदेखि जारी नरसंहारकारी युद्धका क्रममा मृतकको सङ्ख्यालाई पटक–पटक अस्वीकार गर्दै आएको थियो। लामो समयको बमबारीपछि अहिले इजरायली सेनाले गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अत्यन्तै कठिन परिस्थितिका बाबजुद सङ्कलन गरेको मृतकको तथ्याङ्कलाई स्वीकार गरेको देखिएको छ। सन् २०२३ अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएदेखि नै इजरायलले पत्रकार, प्यालेस्टिनी […]

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित

काठमाडौं । पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा १११ रनको विशाल अन्तरको जित निकाल्दै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो । अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि सइम अयुबले ५६ रन बनाउँदा बाबर […]