इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ । म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ । विमानमा एक जना मलेसियाली […]

कांग्रेसले बोलायो सातै प्रदेशका मुख्यमन्त्री र संसदीय दलका नेताको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता र पार्टीका तर्फबाट मुख्यमन्त्री रहेका नेताहरूको बैठक बोलाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आगामी वैशाख ६ गते आइतबार उक्त बैठक बोलाइएको हो। बैठकको समय भने अझै टुंगो लाग्न बाँकी रहेको उनले जानकारी दिए। “आइतबार बैठक बोलाइएको हो, तर कति बजे बस्ने भन्ने समय तय […]

कांग्रेस विवाद मुद्दाः सुनुवाइ ‘हेर्दाहेर्दै’मा, आज पनि अदालतमा बहस

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। नेपाली कांग्रेसभित्र गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि पेसी तोकिएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको […]

नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो। महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख २ हजार ८०० […]

आज आंशिक बदलीसँगै वर्षा र हिमपातको संकेत

काठमाडौं । देशभर हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहेको छ। यस्तै, कोशी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। […]

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखत सम्बन्धी कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संस्थापक नेता रेसम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुसालको […]

कांग्रेस आधिकारिकता विवाद सम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिट निवेदकको पक्षबाट बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि सुनुवाइ राखिएको हो । आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको छ भने शुक्रबार सभापति थापा […]

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने रास्वपाको निर्णय

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको हो । कांग्रेसबाट लेखा समिति सभापतिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा […]

नागरिकको राहदानीमा ‘शर्त’ लेख्ने कर्मचारीमाथि अध्यागमन विभागले सुरु गर्‍यो कारबाही प्रक्रिया

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ। सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा यात्रीको राहदानीमा प्रस्थान छाप सँगै हस्तलिखित रूपमा ‘Employment is strictly prohibited. Visit till’ लेखिएको तस्बिर सार्वजनिक भएपछि विभागले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विभागका निर्देशक […]

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।