सरकारले माग्यो स्थानीय तहको सीमा र संख्या हेरफेर गर्न सुझाव

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेरका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई पत्राचार गर्दै राय र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विभिन्न प्रावधानअनुसार स्थानीय तहको […]

सरकारले नै गरिब नागरिकमाथि लुटपाट मच्चायो, नबोलि सुख पाइएन : दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको आरोप लगाएका छन् । देशको समसामायीक राजनीतिक विषयमा पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै प्रसाईँले सदन प्रतिपक्षविहीन बनेको आरोप लगाए । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकोले सदन प्रतिपक्षविहीन बनेको उनले […]

बोका चोर प्रहरी फन्दामा

रौतहट । किसानले घरमा पालेको बोका चोर्ने एक युवक पक्राउ गरेको परेका छन् ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका– ६ का २७ वर्षीय विक्रम ठाकुर रहेका छन्। चन्द्रपुर नगरपालिका–५ का एक किसानको घरबाट गए राति सवा ८ बजेतिर चोरी भएको बोकासहित ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा

काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, […]

आज भक्तपुरमा प्रमोद खरेल र दुर्गेश थापाको तहल्का

भक्तपुर । आज शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाले सांगीतिक तहल्का मच्चाउने भएका छन् । भक्तपुर को १०८ रोपनि खुला चौरमा आयोजित औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो । आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार कन्सर्टमा दुश्मन हेरेको हेरै […]

सरकारसमक्ष ६ बुँदे माग राख्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति उज्यालो नेपालको आपत्ति

काठमाडौँ । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा हालै गरिएको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति प्रकट गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– प्रधानमन्त्री बालेन शाहले २७ मार्च २०२६ मा पदभार ग्रहण गरेपछि इन्धन बजारमा स्थिरता आउनुपर्ने अपेक्षा थियो । तर वास्तविकता ठिक उल्टो देखिएको छ । हालसम्मको सार्वजनिक मूल्यसूची हेर्दा सरकार गठनपछि इन्धनको […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने, मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक […]

यी ६ आधार देखाएर सर्वोच्चले गगनको पक्षमा दियो फैसला

काठमाडौँ । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ । तीन महिना लामो विवाद निरूपण गर्दै अदालतले शुक्रबार पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो । विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिँदै परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त प्रक्रिया कानुनसम्मत रहेको ठहर गरेको हो । कांग्रेस […]

एमालेले संशोधन गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौँ । नेकपा (एमाले)ले आन्दोलनका कार्यक्रम संशोधन गरेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम संशोधन गरेको हो। बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। बैठकले सबै जिल्ला कमिटीहरूले यही बैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न […]

गगन नेतृत्वको कांग्रेसलाई सर्वोच्चको मान्यता

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकताको विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गर्दै शेरबहादुर देउवा पक्षधरको दाबी अस्वीकार गरेको हो। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएको फैसला सुनाएको हो। यससँगै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले […]