गर्मीबाट बच्न घरमै बनाउनुस् मोजितो

काठमाडौं । गर्मीमा मानिसहरु गर्मीबाट बच्न, शरीरलाई हाइड्रेटेड राख्न र उर्जावान रहन धेरै प्रकारका चिजहरुको सेवन गर्ने गर्छन् । खरबूजा, कागती पानी र अन्य धेरै चीजहरूले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट गर्न मद्दत गर्दछ। एक मोजितो पनि यसमा पर्न जान्छ । यसलाई कागती, पुदिना र अन्य धेरै चीजहरू मिसाएर बनाइन्छ। गर्मीबाट राहत दिनुका साथै पाचन […]

सिंहदरवार बोलाएर सञ्चारकर्मीलाई दिइयो जीवन विज्ञानको मूलमन्त्र

काठमाडौ । “यदि प्रत्येक व्यक्तिले दिनमा १५ मिनेट योगाभ्यास गर्छ भने, सरदर आयुमा १४ वर्ष थपिन सक्छ,” जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्माले भने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित ‘योग प्रशिक्षण कार्यक्रम’मा योग अभ्यास गराउँदै मंगल बार उनले यस्तो तथ्य बताएका हुन् । सिंहदरवारस्थित रेडियो नेपालको सभाहलमा […]

जसपाको प्रदेश अध्यक्षसहित दर्जनौं नेताहरू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको उल्लेख गर्दै […]

नेपाललाई आँखा उपचार तालिमको हब बनाउने लक्ष

काठमाडौ । नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेशनबीच नेपाललाई आँखा उपचार तालिम हब बनाउने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यो परियोजना अन्तर्गत क्लिनिकल, पारामेडिक्स, व्यवस्थापन तथा प्रशासनिक क्षेत्रका जनशक्तिलाई डिजिटल माध्यमबाट तालिम दिइनेछ। सम्झौताअनुसार सहभागीहरूले मोतिबिन्दु, जलबिन्दु, भिट्रियो रेटिना, अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन लगायतका क्षेत्रमा अत्याधुनिक प्रविधिबाट तालिम पाउनेछन्। तालिमहरू स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग […]

नागढुंगा सुरुङ पुससम्म सञ्चालन हुने

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाको यात्रालाई सहज बनाउने लक्ष्यसहित निर्माणाधीन सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेलको निर्माण कार्य सम्पन्न भएसँगै सुरुङ सञ्चालनअघि आवश्यक प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ। २६८८ मिटर लामो मुख्य टनेलमा अत्याधुनिक कन्टिन्युअस्ली रिइन्फोर्स्ड कंक्रिट पेवमेन्ट (सीआरसीपी) प्रविधिबाट कंक्रिट कार्य सम्पन्न भइसकेको छ। नेपालमा यो प्रविधि पहिलोपटक प्रयोग गरिएको हो। […]

बेलायत पठाइदिने भन्दै ११ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूले हालसम्म ३८ […]

एमाले नेता महेश बस्नेतको प्रश्न – वाइसीएल सम्मेलन कि पद वितरणको कुम्भ मेला

भक्तपुर । नेकपा एमालेकाे युवा संघ अन्तर्गत युथ फोर्सको अध्यक्ष भएपछि राजनीतिक सफलता थप्दै गएका नेकपा एमालेका पाेलिटव्युराे सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे युवा संगठन वाइसीएल नेपालकाे केन्द्रीय नेतृत्व प्रति असन्तुष्टि प्रकट गरेका छन् । सार्वजनिकरुपमै उनले वाइसीएल सम्मेलनलाई पद वितरणको कुम्भ मेला भनेका छन् । ७४ सदस्यीय पदाधिकारी […]

राष्ट्रिय वाणिज्य बैंकको दश शाखा बिस्तार

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषा स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा स्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर स्थित शाखा कार्यालय झलारी, कैलाली स्थित शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौं स्थित शाखा कार्यालय कपन, रुपन्देशी स्थित शाखा कार्यालय सैनामैना, दाङ्ग स्थित शाखा कार्यालय देउखुरी, […]

रहेनन् भक्तपुरका पुराना कम्युनिष्ट नेता कृष्णलाल गोजा

Krishnalal Goja

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिका अग्रज बामपन्थी नेता एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार कृष्णलाल गाेजाको असामयिक निधन भएको छ । ७३ वर्षको उमेरमा श्रेष्ठकाे मध्यपुर थिमि-४ स्थित निजी निवासमा असामयिक निधन भएकाे हो । मधुमेहको नियमित औषधि सेवन गरिरहेका कृष्णलालको स्वास्थ्यमा समस्या थिएन । सोमबार बिहान करिब साढे ९ बजे घरमै बसिरहेका बेला […]

सूर्यविनायक-५ मा फुट्सल प्रतियोगिता सम्पन्न, फाइनलमा छत्रपाललाई पछि पार्दै प्राइम प्रथम

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको वडास्तरीय फुट्सल प्रतियोगिताको उपाधि प्राइम डे क्लबले उचालेको छ । सृजनानगरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल भिडन्तमा छत्रपाल क्लबलाई ३-१ ले पछि पार्दै प्राइमले प्रथम स्थान हासिल गरेको हो । बिजेता र उपबिजेता टोलीलाई क्रमश नगद १५ हजार र १० हजार सहित शिल्ड र ट्रफि […]