मौलापुरको बजेट सार्वजनिक, फ्री बिजुली र पानी, शून्य कर नीतिको निरन्तरता

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाहरु बिदेसिन बाध्य भएको बताएका छन्। गृह नगर रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज मंगलबार उदघाटन गर्दै प्रमुख अतिथि साहले त्यस्तो आरोप लगाएका हुन् । अध्यक्ष साहले मौलापुरको […]

भिजिट भिसा प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौ । सरकारले भिजिट भिसा प्रकरणमा देखिएको अनियमितता र अपारदर्शितालाई लिएर चासो बढिरहेका बेला छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको श्रोतले जनाएको हो । बैरागी परराष्ट्र सेवाबाट सचिव हुँदै मुख्यसचिव भएका थिए ।  मन्त्रिपरिषद् स्रोतका अनुसार यो समितिलाई ३० दिनभित्र तथ्यसहितको […]

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ४७ करोड : शिक्षा, सम्पदा संरक्षण र पूर्वाधारमा प्राथमिकता

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख रजनी जोशीले नगरसभाको १८औं अधिवेशनमा आइतबार बजेट प्रस्तुत गर्दै शिक्षा, सम्पदा संरक्षण, भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको जानकारी दिइन्। मुख्य बजेट विवरण: चालु खर्च: १ अर्ब ५२ […]

मध्यपुर थिमिमा ३ अर्ब २५ करोडको बजेट, यस्ता छन् प्राथमिकता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २५ करोड ६६ लाख ७० हजार १ सय रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार थिमि बैंक्वेटमा सम्पन्न नगरसभाको १२ औं अधिवेशनमा प्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरे। शिक्षा, स्वास्थ्य, पूर्वाधार, स्वरोजगार, पर्यटन […]

शिक्षकका माग पूरा गर्न सकिएन भन्ने बहाना नबनोस् भनेर सदनको अवरोध हटायौं : प्रचण्ड

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेट गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले शिक्षकसंग भएका सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयनको लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दलले पहल गरिदिन प्रचण्डलाई आग्रह गरेका शिक्षक नेता […]

बाहिरबाट ताल्चा लगाइएको कोठामा युवती मृत फेला

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरामा बस्दै आएकी एक युवती सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थायी ठेगानाकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी अविवाहित थिइन्। घटना शङ्कास्पद् देखिएकाले अनुसन्धानका लागि घटनास्थल सिल गरिएको डीएसपी राजकुमार सिंहले जानकारी […]

आईपीओमा कडाइ, चुक्ता पूँजी ५० करोड र पछिल्लो दुई वर्ष नाफा कमाएको हुनुपर्ने

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरूमार्फत गरिने सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रियामा कडाइ गरेको छ। बोर्डले लगानी कम्पनी कम्तिमा विगत तीन वर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेकाले मात्र आईपीओ जारी गर्न सक्ने व्यवस्था गरेको हो । विगतमा लगानी कम्पनीले बोर्डबाट अनुमति लिएर आईपीओ ल्याउने प्रक्रिया सहज भए पनि अब त्यस्तो […]

महालक्ष्मी एपमार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकको मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी “ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको सुरुआत गरेको छ । यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर   बैंकको मोबाइल […]

जीपसंग ठोक्किँदा गयो मोटरसाइकल चालकको ज्यान

वीरगन्ज । पर्साको बहुदरमाई-५ पटनीमा गएराति टाटासुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने पछाडि सवार ब्यक्ति घाइते भएका छन् । राति करिब साढे ९ बजेको समयमा गण्डक नहर सडकमा भारतीय टाटासुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक भारतीय नागरिक बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी […]

चालु आर्थिक वर्षमा वैदेशिक व्यापार १९ खर्ब, ब्यापार घाटा १३ खर्ब ९७ अर्ब

काठमाडौ । देशको कुल वैदेशिक व्यापार १९ खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव)को ११ महिनामा मुलुकको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो । विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि जेठ मसान्तसम्मको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएको छ। जुन […]