प्रधानमन्त्री सुशीला कार्की सामाजिक सञ्जालमा सक्रिय

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पहिलोपटक सामाजिक सञ्जालमा सक्रिय भएकी छन्। अहिलेसम्म कुनै पनि प्लेटफर्म नचलाएकी कार्कीले आइतबारदेखि औपचारिक रूपमा तीन प्रमुख सामाजिक सञ्जाल — एक्स (पूर्व ट्विटर), फेसबुक र इन्स्टाग्राम — प्रयोग गर्न थालेकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्कीको एक्स ह्यान्डल @pmsushilakarki, फेसबुक खाता PM Sushila Karki […]

अवरुद्ध बिपी राजमार्गमा डाइभर्सन बनाउने प्रयास, पूर्व जान बैकल्पिक मार्गको प्रयोग

काभ्रेपलान्चोक । काभ्रेको चौकीडाँडा लगायतका दर्जन बढी स्थानमा रोशी खोलाले सडक कटान गर्नुकासाथै गत वर्ष बनाएको पुरानो डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । चौकीडाँडा देखि नेपालथोक सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक सुचारुको लागि सोमबारबाट डाइभर्सन बनाउन प्रयास भैरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ । डिभिजन प्रमुख सुमन योगेशले दिएको […]

माओवादीमा चाकरी गर्ने र धम्क्याउनेले आत्मसमिक्षा गर्नुपर्ने प्रचार सचिवको सुझाव

Balaram Thapa

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को प्रचार विभागका सचिव एवं वरिष्ठ पत्रकार बलराम थापाले आफ्नो पार्टीप्रति तीखो समालोचना गर्दै भनेका छन्— “पार्टीको एजेन्डा बेवारिसे हुँदा त्यही एजेन्डा आज माओवादीको घाँटीमा तरवार बनेर बज्रिएको छ।” थापाले जेन–जेड आन्दोलनलाई राजनीतिक चेतनाको नयाँ लहरका रूपमा व्याख्या गर्दै आर्थिक असमानता र सामाजिक विभेदले भरिएको समाजमा सधैं राजनीतिक विद्रोहको बस्तुगत […]

दुई दिनमा बाढीबाट दश करोड बढी क्षति

काठमाडौं । असोज १७ र १८ गते आएको अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । सोको प्रारम्भिक विवरण देहाय बमोजिम रहेको छ : १. कन्काई नदीले गौरीगञ्ज २ […]

लाङटाङ घुम्न आएका भक्तपुरका चारजना सम्पर्कबिहीन, खोजी जारी

रसुवा । गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना सम्पर्कबिहीन बनेका छन् । भक्तपुरबाट लाङटाङ घुम्न आएका १६ जनाको टोलीमध्ये ४ जनालाई खोल्साले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाङटाङतर्फ जाने क्रममा बाढीमा परी उनीहरू सम्पर्क बिहीन बनेका हुन् । सम्पर्क बिहीन हुनेहरूमा भक्तपुरको सूर्यविनायक-४ हर्ष चोक बस्ने सस्कृती श्रेष्ठ, किशन […]

चाँगुनारायणका प्रहरी चौकीहरुलाई वर्षादी र बुट हस्तान्तरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई मनसुनजन्य सुरक्षा सामग्रीहरु वर्षादी र बुट प्रदान गरेको छ । विपद्को अवस्थामा तत्काल प्रतिकार्यको लागि खटिने नेपाल प्रहरीका दुवाकोट, चाँगु, ब्यासी, खरीपाटी, नगरकोट, सुडाल, झाप्रो र ताथलीका प्रहरी चौकीहरुलाई उक्त सामग्रीहरु दिइएको नगरपालिकाको विपद ब्यवस्थापन सहजकर्ता दिनेश थापाले जानकारी दिए । चाँगुनारायण नगरपालिकामा नगर प्रमुख जीबन […]

सम्पादकीय : सचेतना र प्रतिकार्यमा जोड दिऔँ, सम्भावित विपद्बाट बचौँ र बचाऔँ

देश आजदेखि तीन दिनसम्म अबिरल वर्षाको चपेटामा परेको छ।अविरल वर्षासंगै सम्भावित बाढी, पहिरोले जनधनको सुरक्षामा चुनौती थपिएको छ । मौसमविद्हरूले दिएको चेतावनी र सरकारले घोषणा गरेको सार्वजनिक विदाले यो तथ्यलाई अझ स्पष्ट पारेको छ कि हामी उच्च जोखिमको अवस्थामै छौं।  यस्तो अवस्थामा सरकारी सक्रियता, विपद् प्रतिकार्यको चुस्तता र जनचेतना नै यो चुनौतीसंग जुध्ने प्रमुख आधार […]

काठमाडौं उपत्यकाको नदी किनारमा राति सवारी चलाउन नपाइने

काठमाडौं । लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि सरकारले तीन दिनका लागि काठमाडौं उपत्यकामा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय संगै काठमाडौ उपत्यकामा भित्रिने र बाहिरिने सबै सवारी साधनहरूलाई अस्थायी रूपमा रोक लगाइएको हो । यसैबीच प्राधिकरणले एक अर्को सूचना जारी गर्दै उपत्यकाको नदी किनारमा बनाइएका […]

सरकारले दियो दुईदिन सार्वजनिक बिदा

अकाठमाडौ । मनसुनजन्य सम्भावित विपदबाट बच्न सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ । आइतबार र सोमबार सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो । गृह मन्त्रालयले एक सूचना जारी गर्दै जल तथा मौसम बिज्ञान बिभाग र विपद ब्यवस्थापन प्राधिकरणले सोमबारसम्म भारी वर्षाको प्रक्षेपण गरेकाले सम्भावित विपद बाट बच्न विपद ब्यवस्थापनमा जुट्ने जनशक्ति र कार्यालय बाहेकमा […]

काठमाडौं उपत्यकामा तीन दिन सवारी आवागमन बन्द

काठमाडौं । लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि सरकारले तीन दिनका लागि काठमाडौं उपत्यकामा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख रामबहादुर केसीले काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधनहरूलाई अस्थायी रूपमा रोक लगाइएको बताएका छन् । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “अविरल वर्षाका कारण सडकका […]