काठमाडौं । आज नेपालभर गाईजात्रा पर्व मनाइँदैछ। विशेषगरी काठमाडौं उपत्यकामा यो दिन सार्वजनिक बिदा दिइएको छ। गाईजात्राको परम्परा विक्रम संवत् १६४१–१६६४ मा राजा प्रताप मल्लका पालादेखि सुरु भएको मानिन्छ। ऐतिहासिक तथ्य अनुसार तत्कालीन राजा प्रताप मल्लले आफ्नो नाबालक छोरा गुमाएपछि महारानी गहिरो शोकमा डुब्दै गइन्। महारानीलाई सान्त्वना दिनका लागि उनले उपत्यकाका प्रजाहरूलाई मान्छे मरेको घरबाट […]
फ्लास न्यूज
आज देशका यी स्थानमा हुनेछ वर्षा
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम […]
बाढी–पहिरोका कारण देशभर ९ सडक पूर्ण अवरुद्ध, १३५ स्थानमा एकतर्फी सञ्चालन
काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशका ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १३५ स्थानमा एकतर्फी मात्र सञ्चालनमा छन् । सडक विभागका अनुसार कोशी, तमोर र भेरी करिडोरका साथै अरनिको र सिद्धार्थ राजमार्गजस्ता मुख्य सडकहरू बाढी–पहिरोले क्षतविक्षत् हुँदा यातायात ठप्प भएको छ । विभिन्न स्थानमा पहिरो पन्छाउने र डाइभर्सन निर्माण […]
गाजा क्षेत्र कब्जा गर्न खोजेको इजरायललाई पाँच मुस्लिम देशको चेतावनी
काठमाडौँ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा क्षेत्र ‘कब्जा’ गर्ने योजनालाई अनुमति दिएपछि मुस्लिम बाहुल्य राष्ट्रहरूले विरोध जनाएका छन् । गाजामा जारी युद्धका दौरान इजरायलले कब्जाको रणनीति बनाएपछि मुस्लिम बाहुल्य राष्ट्रहरूले विरोध जनाएका हुन् । साउदी अरब, पाकिस्तान, कतार, कुवेत, टर्कीसहित कयौँ देशहरू र इस्लामिक सहयोग संगठन (ओआईसी)ले इजरायलको पछिल्लो कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेका छन् […]
आज रक्षा बन्धन र जनै पूर्णिमा मनाइँदै
काठमाडौं । आज साउन शुक्ल पूर्णिमाका दिन देशभर रक्षा बन्धन र जनै पूर्णिमा धुमधामका साथ मनाइँदैछ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका यी दुवै पर्वले नेपाली समाजमा भाइचारा, सुरक्षाबोध र आस्था सुदृढ गर्ने मान्यता राख्छन्। जनै पूर्णिमामा वैदिक परम्परा अनुसार विशेष गरी ब्राह्मण, क्षत्रीय तथा वैश्य वर्गका पुरुषहरूले विगत एक वर्षदेखि लगाएको पुरानो जनै फेरेर […]
जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ८१ अर्ब बढी शुल्क, कसको कति?
काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले उक्त रकम बराबरको बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको छ । असारसम्म बिमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बिमा शुल्क र ४० […]
चक्रे मिलनसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। यसअघि थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच […]
सर्लाहीमा स्कुल बसबाट खसेर कक्षा ३ का १३ वर्षीय विद्यार्थीको निधन
सर्लाही २३, साउन । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका […]
धादिङको जरेखेतमा रूखसहितको पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । […]
उत्तराखण्ड बाढीमा १७ जना नेपाली परेको आशंका छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड क्षेत्रमा गत साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन्। हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल भइरहेको बताएका हुन्। ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी […]










