खोटाङ, १० माघ २०८१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । बुबा शहीद दिलकाजी […]
फ्लास न्यूज
भक्तपुरमा कारसंग ठोक्किँदा मोटरसाइकलमा सवार महिलाको निधन
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । गत सोमबार क्षमादेवी ग्रुपको गोदाम नजिक मोटरसाइकल र कार ठक्कर खाँदा दुर्घटना भएको थियो । ज्यान गुमाउने महिला भोजपुरको पात्लेपानी गाउँपालिका- ६ घर भई पेप्सिकोला बस्ने २३ वर्षिया सपना राई रहेकी छन् । उपचारका क्रममा बुधवार साँझ […]
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् । उनलाई नक्कली प्रमाण पत्र लिएको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर […]
पत्रकारलाई सहयोग गर्न प्रेस सेन्टर काठमाडौमा रु ५ लाखको अक्षय कोष
काठमाडौं । प्रेस सेन्टर नेपाल काठमाडौंले रु ५ लाखको अक्षय कोष बनाउने भएको छ । आफ्ना सदस्यहरुलाई भैपरीआउने आर्थिक सहयोगका लागि अक्षय कोष बनाइने भएको हो । नव निर्वाचित प्रेस सेन्टर नेपाल, काठमाडौंको बुधबार बालाजुमा सम्पन्न पहिलो कार्यसमिति बैठकले रु ५ लाखको अक्षय कोष बनाउने निर्णय गरेको अध्यक्ष राममणि घिमिरेले बताएका हुन् । सो कोषका […]
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने विधेयक संसदमा पेस हुने
काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, […]
गोठाटारमा ३० वर्षीय युवकको शव फेला
काठमाडौ । काठमाडौंमा मृत अवस्थामा एकजनाको शव फेला परेको छ । कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा शव फेला परेको हो । अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको र उनको नाम,थर बतन नखुलेको स्थानीयले बताए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
हरिवनको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
भक्ती रिजाल, सर्लाही । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका वडा नम्बर ९ डुम्रीघारीमा रहेको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री बितरण गरेको छ । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा बुधबार कक्षा १ देखि कक्षा ५ सम्मका ४० जना छात्र छात्रालाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री […]
सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]
वातावरण विद खनाललाई पितृशोक
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक परेको छ । उनका पिता इलामको देउमाई नगरपालिका-६ का ६२ वर्षीय कृष्णप्रसाद खनालको असामयिक निधन भएको हो । भक्तपुरबाट बिराटनगर जाँदै गर्दा गत मंगलवार कृष्णप्रसाद कार दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते उनको उपचारकै क्रममा बिराटनगरस्थित नोबेल […]
पत्रकारसंग सिडिओ अर्यालको यस्तो आग्रह
भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक समाचार सस्प्रेषण गरी समाजलाई सकारात्मकता तर्फ लैजानुपर्ने उनले सुझाव दिएका हुन् । आइतबार ङातापोल एक्सप्रेस दैनिकले आयोजना गरेको पत्रकार महासंघका पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगो नियन्त्रणमा नआएको प्रसङ्ग उप्काउदै उनले भने, “नकारात्मकता खोज्ने […]











