काठमाडौं । रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार महिला उपसभापतिका लागि भएको निर्वाचनमा सोबिता गौतमले जित हात पारेकी छिन् ।
गौतमले ७८९ मत प्राप्त गरेकी छिन् भने उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरेकी छिन् । त्यस्तै, महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरे ।
सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छिन् । उनले ७ सय ३७ मत प्राप्त गरिन् ।







